+
+

बाघको छाला र हाडसहित एकजना पक्राऊ

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ६ गते १४:२२

Baghko-chhala-sahit-pakrau,

६ फागुन, कैलाली । कैलालीको मसुरियाबाट बाघको छाला र हाडसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको हसुलिया गाविस ८ मनाउँ बस्ने ५२ वर्षीय राजकरण बठरिया छन् । प्रहरी नै ग्राहक बनेर पञ्चवटी सामुदायिक वन नजिकैबाट उनलाई पक्रन सफल भएको हो ।

उनको साथबाट ७ फिट १० ईन्च लम्बाई र १ किलो ७ सय ८८ ग्रामको छाला बरामद भएको छ । यसैगरी १० किलो ७ सय ३५ ग्राम हाड पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक केशव चन्दले जानकारी दिए ।

उनको साथमा चितुवाको छाला र हड्डी रहेको भन्ने सुराकीबाट जानकारी आएपछि प्रहरी नै नक्कली खरिदकर्ता बनेर मोलमोलाई सुरु गरेको थियो । ४० हजार रुपैयाँमा कुरा मिलेपछि किन्ने ठाउँ निश्चित गरी पक्राउ गर्न सफल भएको चन्दले जानकारी दिए ।
-दीपक उपाध्यायबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?