+

एबी डिभिलियर्सले बनाए सर्वाधिक छक्काको रेकर्ड

२०७१ फागुन  २८ गते १६:५८ २०७१ फागुन २८ गते १६:५८
एबी डिभिलियर्सले बनाए सर्वाधिक छक्काको रेकर्ड

AB-de-Villiers

दक्षिण अफ्रिकाका एबी डिभिलियर्स यूएईविरुद्ध शतक बनाउन मात्र एक रनले चुके । ६ विकेटको क्षतिमा ३४१ रन बनाएको दक्षिण अफ्रिकाले यूएईलाई १९५ रनमा अल आउट गर्‍यो र १४६ रनको जितका साथ विश्वकपको सुपर एटमा प्रवेश गरेको छ ।

दक्षिण अफ्रिकाको जितमा महत्वपूर्ण भूमिका खेलेका डिभिलियर्सले ८२ बलमा ९९ रन बनाए ।

२० छक्का : उनले छ चौका र चार छक्का हाने । यससँगै उनले जारी विश्वकवमा २० छक्का हानेछन् । यो विश्वकपको एक संस्करणमा कुनै पनि ब्याट्सम्यानले हानेको सर्बाधिक छक्का हो ।

यसअघि यो रेकर्ड म्याथु हेडिनको नाममा थियो । उनले २००७ को विश्वकपमा १८ छक्का हानेका थिए । जारी विश्वकवमा वेष्टइण्डिजका क्रिस गेल पनि १८ छक्का हानेका छन् ।

३६ छक्का : डिभिलियर्सले विश्वकपमा सर्बाधिक छक्काको कीर्तिमान पनि बनाएका छन् । उनले अहिलेसम्म विश्वकपमा ३६ छक्का हानेका छन्, जुन अन्य ब्याट्सम्यानले गर्न सकेका छैनन् ।

अघि विश्वकपमा सर्बाधिक छक्काको कीर्तिमा रिकी पोन्टिङको नाममा थियो । उनले ३१ छक्का हानेका छन् ।

२-१५ : डिभिलियर्सले यूएईको दुई विकेट पनि लिए । मात्र ३ ओभर बलिङ गरेका उनले १५ रन खर्चिएर दुई विकेट लिए । यो वन डे क्रिकेटमा उनको करियरकै उत्कृष्ट बलिङ हो । सन् २०१४ पछि उनले दुई विकेट लिएको यो दोस्रो पटक हो ।

३४१ रन : दक्षिण अफि्रकाले विश्वकपमा ३०० रन पार गरेको यो चौथो पटक हो र श्रीलंकासँग बराबरी गरेको छ । दुबै टीमले पहिले व्याटिङ गरेर ३०० रन कटाएका छन् ।

० शतक : ३४१ रनको ठूलो योगफल तयार पर्दा पनि कुनै पनि दक्षिण अफि्रकाका ब्याट्सम्यानले शतक बनाएनन् । डिभिलियर्स मात्र एक रनले चुके । यसअघि पाकिस्तानले यूएईविरुद्ध ३३९ रन बनाउम्दा पनि कुनै शतक बनेको थिएन ।

३०९ रन : विश्वकपमा कुनै पनि खेल जित्न नसकेको यूएईका ब्याट्सम्यान साइमन अनवर विश्वकपको एकै संकरणमा सर्वाधिक रन बनाउने एशोसिएट टीमका ब्याट्सम्यान बनेका छन् ।

उनले पाँच खेलमा ३०९ रन बनाएका छन् । जसमा आयरल्याण्डविरुद्ध बनाएको शतक समेत छ । यसअघि २०११ मा रोडन टेन डोसेटले ३०७ रन बनाएका थिए ।

फ्लप डि कक: दक्षिण अफि्रकाका क्विन्टन डि कक जारी विश्वकपमा फ्लप भएका टप अडर्रका ब्याट्सम्यान हुन् । जारी विश्वकपमा उनले बनाएको सर्वाधिक रन २६ हो । त्यसअघि उनले दोहोरो अंक जोड्न सकेका थिएनन् भने पाकिस्तानविरुद्धको खेलमा शून्यमा नै आउट भएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय