३० फागुन, काठमाडौं । इजिप्ट सरकारले नयाँ राजधानी बनाउने घोषणा गरेको छ । अहिलेको राजधानी कायरो भन्दा पूर्वमा नयाँ राजधानी बनाइने छ ।
हालको राजधानी कायरो भिडभाड र साँघुरो भएपछि अन्यत्र सार्न लागिएको बीबीसीले जनाएको छ । ५ बर्षभित्र नयाँ राजधानी बनाइसक्ने इजिप्ट सरकारले लक्ष्य राखेको छ ।
सिंगापुर जत्रै हुने परिकल्पना गरिएको नयाँ राजधानीको नाम भने तोकिएको छैन । नयाँ राजधानीमा संसद भवन, मन्त्रालयहरु, विदेशी राजदुतावासहरु सारिने छ ।
यसैगरी सुविधायुक्त २ हजार क्याम्पस र विद्यालय तथा ६ सय अस्पताल पनि निर्माण हुनेछन् । नयाँ राजधानीमा एक लाख बढी नयाँ रोजगारी सिर्जना हुने दाबी गरिएको छ ।
नयाँ राजधानी बनाउन ४५ बिलियन डलर खर्च हुने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4