+

पाँचथर रवि गोल्ड कपको उपाधी झापा भाङबारीलाई

२०७२ वैशाख  २ गते ८:४४ २०७२ वैशाख २ गते ८:४४
पाँचथर रवि गोल्ड कपको उपाधी झापा भाङबारीलाई

२ बैशाख, पाँचथर । पाँचथरको रबि बजारमा मंगलबार सम्पन्न चौथो अन्तराष्ट्रिय आमन्त्रित रवि रनिङ गोल्ड कप उपाधी भाङ्बारी दमक झापाले जीतेको छ । भाङबारीले कञ्चनजंघा फूटबल क्लव सिलगुडीलाई २-१ ले पराजित गर्दै उपाधि हात पारेको हो  ।

भाङ्वारीका लागि खेलको ७३ औं मिनेट पहिलो गोल गरेको थियो । दश मिनेटपछि धिरज तामाङलेे फेरि अर्को गोल थपेर जीत निश्चित बनाएका थिए ।

खेलको पेनाल्टी पाएको कञ्चनजंघाले एक गोल गरेपनि जीतका लागि पयाप्त हुन सकेन ।

प्रतियोगिताको बिजेतालाई एक लाख रुपैयाँ प्रदान गरिएको थियो भने उपविजेतालाई ५५ हजार पाँच सय ५५ रुपैयाँ रुपैयाँ प्रदान गरिएको आयोजक राइजिङ स्टार स्पोर्टिङ क्लव रविले जनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय