+

सोर्लोथको चार गोलमा भियारियालले रोक्यो रियल मड्रिडलाई

२०८१ जेठ  ७ गते ८:०१ २०८१ जेठ ७ गते ८:०१
सोर्लोथको चार गोलमा भियारियालले रोक्यो रियल मड्रिडलाई

७ जेठ, काठमाडौं । स्पानिस ला लिगाको उपाधि जितिसकेको रियल मड्रिड भियारियालसँग बराबरीमा रोकिएको छ । नर्वेका फरवार्ड अलेक्जान्डर सोर्लोथ एक्लैले ४ गोल गरेपछि भियारियल र रियले ४-४ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

पहिलो हाफमा रियलले ४-१ को अग्रता बनाएको थियो । रियलका लागि खर्दा गुलेरले २ तथा जोसेलु र लुकास भजक्वेजले एक/एक गोल गरेका थिए ।

तर दोस्रो हाफमा भियारियलले खेलमा पनारगमन गर्‍यो । पहिलो हाफमा एक गोल गरेका सोर्लोथले दोस्रो हाफमा तीन गोल गर्दै खेल बराबरी गरे । बराबरीपछि रियलले ३७ खेलबा६ ९४ अंक जोडेको छ ।

गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानको बार्सिलोनाले रायो भालेकानोलाई ३-० ले पराजित गरेको छ । बार्सिलोनाको लागि पेड्रीले दुई तथा रोवर्ट लेवान्डोस्कीले एक गोल गरे । बार्सिलोनाले ३७ खेलबाट ८२ अंक जोडेको छ ।

रियल मड्रिड स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय