+

लिग २ क्रिकेट : नामिबियासँग नेपालको हार

२०८३ साउन  ५ गते २१:१८ २०८३ साउन ५ गते २१:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भएको खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ ।
  • नेपालले प्रस्तुत गरेको १५८ रनको लक्ष्य नामिबियाले ३७.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको छ ।
  • नेपालका लागि रोहित पौडेलले ३१ र दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए पनि टोली ४६.५ ओभरमा १५७ रनमा समेटिएको थियो ।

५ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा आजदेखि सुरु भएको ओडीआई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

मंगलबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नामिबियाका लागि जान फ्रायलिंकले अविजित ७७ रन बनाए । ओपनर माइकल भान लिङ्गेनले ५१ रन बनाए । जान निकोल लफ्टी इटन १७ रनमा अविजित रहे ।

नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४६.५ ओभरमा १५७ रनमा अलआउट भएको थियो । कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए ।

रोहित र दीपेन्द्रले चौथो विकेटका लागि ५३ रनको साझेदारी गरेपनि अन्यबाट उल्लेख्य योगदान हुनै सकेन । नेदरल्यान्ड्सको पिचमा नेपाली ब्याटरहरू संघर्ष गरेका थिए ।

नामिबियाका लागि जेजे स्मिथले ९.५ ओभरमा ३६ रन मात्र दिएर ६ विकेट लिए । बर्नार्ड स्कोल्ज र ज्याक ब्रासेलले २-२ विकेट लिए ।

यो जितपछि लिग २ अंकतालिकामा नामिबिया २९ खेलमा २४ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । नेपालको पनि समान अंक छ तर नेट रनरेटमा अघि छ ।

नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय