+

साफ च्याम्पियनसिप नोभेम्बरमा हुने, नेपालको सहभागिता अनिश्चित

२०८३ साउन  ५ गते १२:२४ २०८३ साउन ५ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण एसियाली फुटबल महासंघले साफ पुरुष च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा आयोजना गर्ने निर्णय गरेको छ ।
  • फिफाको निलम्बनमा रहेको नेपालले प्रतियोगिता खेल्न पाउने वा नपाउने विषयमा अझै अन्योल कायम रहेको छ ।
  • प्रतियोगिता सुरु हुनुअघि निलम्बन फुकुवा भएमा मात्र नेपाली टोलीले साफ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने सम्भावना रहेको छ ।

५ साउन, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा आयोजना हुने भएको छ । पटक–पटक स्थगित हुँदै आएको प्रतियोगिताको मिति अन्ततः तय भएको हो ।

साफ कार्यसमितिको बैठकले प्रतियोगिता बंगलादेशमा गर्ने निर्णय गरेको हो । तर फिफाको निलम्बनमा रहेको नेपालले प्रतियोगिता खेल्न पाउने वा नपाउने विषय भने अझै अन्योलमै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाबाट निलम्बित रहेकाले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । प्रतियोगिता सुरु हुनुअघि निलम्बन फुकुवा भएमा मात्र नेपाली टोलीले साफ च्याम्पियनसिप खेल्न पाउने सम्भावना रहनेछ ।

साफ च्याम्पियनसिप पटक–पटक स्थगित भएको प्रतियोगिता हो । सुरुमा यसलाई सन् २०२५ मै ‘होम एन्ड अवे’ ढाँचामा सञ्चालन गर्ने योजना बनाइएको थियो । तर प्रायोजक, बजेट तथा प्राविधिक व्यवस्थापन नमिल्दा प्रतियोगिता एक वर्ष पछि सारिएको थियो ।

त्यसपछि साफले प्रतियोगितालाई केन्द्रीय प्रतियोगिता (सेन्ट्रलाइज्ड टुर्नामेन्ट) का रूपमा श्रीलङ्कामा आयोजना गर्ने प्रस्ताव अघि सारेको थियो । तर प्राविधिक तथा व्यवस्थापकीय कठिनाइ देखाउँदै श्रीलङ्काले आयोजक बन्न नसक्ने बताएपछि त्यो योजना पनि कार्यान्वयन हुन सकेन ।

अब बंगलादेशले प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको छ ।

साफ च्याम्पियनसिप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय