+

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

२०८३ साउन  ४ गते २०:४८ २०८३ साउन ४ गते २०:४८

सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडी सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटिटी टेबलटेनिस र ४२ औं राष्ट्रिय प्रतियोगिताका पदक विजेता चार खेलाडी पाँचदिने भ्रमणका लागि सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।
  • स्वर्ण विजेता महेश श्रेष्ठ, दिक्षा दाहाल, रनोज थकु र रजत विजेता एलेक्स महर्जनलाई इटिटीले पुरस्कार स्वरूप उक्त भ्रमण प्याकेज प्रदान गरेको हो ।
  • ४२ औं राष्ट्रिय प्रतियोगिताका स्वर्ण विजेता संयोग कपाली भने दक्षिण कोरियामा प्रशिक्षणरत रहेकाले उनी बैंकक भ्रमणमा सहभागी हुन पाएनन् ।

४ साउन, काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडी सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।

इन्टरटेन्मेन्ट टेबलटेनिस (इटीटी) समूहको आयोजनामा भएको इटीटी टेबलटेनिसको टिम इभेन्टका स्वर्ण विजेता महेश श्रेष्ठ, दिक्षा दाहाल र रनोज थकु तथा ४२ औं राष्ट्रिय टेबलटेनिसका रजत विजेता एलेक्स महर्जन थाइल्यान्ड प्रस्थान गरेका हुन् ।

इटीटीले इटिटी टेबलटेनिसका स्वर्ण विजेता टोलीका सदस्य र ४२ औं राष्ट्रिय टेबलटेनिसका स्वर्ण र रजत विजेतालाई पाँचदिने बैंकक भ्रमणको ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार खेलाडीलाई ‘प्याकेज’ प्रदान गरिएको हो । ४२ औं राष्ट्रिय टेबलटेनिसका स्वर्ण विजेता संयोग कपाली भने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि दक्षिण कोरियाको सिओलमा रहेकाले एलेक्स मात्र बैंकक गएका हुन् ।

खेलाडीलाई इटिटीका अध्यक्ष सुमन खड्गी, इटीटी टेबलटेनिसको छैटौं संस्करणका विजेता राजेन्द्र वज्राचार्य, अनिता महर्जन, मुकेश महर्जनलगायतले सोमबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

अध्यक्ष खड्गीले खेलाडीलाई छुट्टै वातावरणमा आराम गर्न यो अवसर फलदायी हुने विश्वास व्यक्त गरे ।

४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता टेबलटेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय