दक्षिण कोरियाको राजधानी सिओलभन्दा १३ माइल दक्षिणस्थित सुओन यस्तो ठाउँ हो जहाँ ग्यालेक्सी सिरिजका स्मार्टफोनहरु निर्माण हुन्छन् र परिक्षण गरिन्छन् । सामसुङको घुमाउरो युएचडी टेलिभिजनको डिजाइनको स्केच पनि यहीँ तयार गरिएको हो र अन्य नयाँ नयाँ ग्याजेटहरु पनि यहीँबाट जन्मिनेवाला छन् ।
यो ठाउँ हो सामसुङ डिजिटल सिटी । हुनत यो वास्तविक सहर भने होइन । यो सामसुङका क्याम्पस मध्येको एक हो जहाँ विश्वभरका प्रतिभाशाली व्यक्तिहरुले काम गरिरहन्छन् । यद्यपि यो ठाउँलाई हुनुपर्ने जति प्रचारमा ल्याइएको छैन ।
सामसुङको मस्तिष्कको रुपमा रहेका प्रतिभाहरुले अनवरत आविष्कार गरिरहने यो ठाउँ तथा त्यहाँका प्रतिभाहरुको बारेमा प्रचार नगर्नु कम्पनीको शाख लाई गोप्यताको सुरक्षाका लागि पनि हो सामसुङको यो मुख्यालयका बारेमा केही रोचक तथ्यहरु छन्, जो यस्ता छन्-
१. सामसुङ डिजिटल सिटी ३९० एक्कड जमिनमा फैलिएको छ । जहाँ ३५ हजार कर्मचारी कार्यरत छन् । ४ वटा गगनचुम्बी भवन टावरहरु रहेका छन्, जो ३८ तलासम्म अग्ला छन् । त्यहाँ अर १ सय ३१ वटा स साना भवन पनि छन् । प्रयोगशाला, कार्यालय मात्र होइन मनोरन्जन स्थल तथा पाहुना सत्कार गृहको पनि कमी छैन त्यहाँ ।
२. सामसुङ डिजिटल सिटीमा स्वास्थ्य सेवा निशुल्क रहेको छ ।
३. डिजिटल सिटीमा मल्टिपल इनपुट मल्टिपल आउटपुुट च्याम्बर रहेको छ जहाँ ग्यालेक्सी फोनहरुको परीक्षण गरिन्छ । जुन यस्तो छ
४. सामसुङको यो मुख्यालयको आफ्नै एउटा स्टाण्डबाइ हेलिकोप्टर तथा एक हेलिप्याड रहेको छ । जहाँ अत्यावश्यकीय अवस्थामा कर्मचारीहरु हेलिकप्टर चढेर समेत आवतजावत गर्ने गर्छन् ।
५. यो मुख्यालयबाट कर्मचारी ओसार्नका लागि ५ सय वटा ठूला बस छन् जुन त्यहाँबाट १ सय ३ वटा फरक फरक ठाउँका लागि छुट्दछन् ।
६. सामसुङको मुख्यालयमा काम गर्ने ३५ हजार कर्मचारीका थुप्रै बच्चाहरु समेत त्यहाँ कार्यालय समयमा रहने गर्छन् । कर्मचारीका ९ सय जना बालबालिकाको स्याहार सुसार गर्नका लागि १ सय ५० जना शिक्षक शिक्षिका तथा सुसारेहरु खटिन्छन् ।
७. सामसुङको मुख्यालयमा कर्मचारीहरु आफुले चाहेको बेला कार्यालय जान सक्छन् । वर्क स्मार्ट भन्ने उक्त प्रणाली अन्तरगत कर्मचारीहरु बेलुकी ६ बजेभन्दा अगाडि जुनसुकै समयमा पनि कार्यालयमा हाजिर हुन पाउँछन् र निर्धारित कार्यघण्टा काम गरेपछि रातमा घर फर्किन पाउँछन् ।
८. सामसुङको मुख्यालयभित्र रक क्लाइम्बिङ समेत गर्न पाइन्छ । कर्मचारीहरुले ३० फिट अग्लो पर्खाल चढेर रक क्लाइम्बिङको मज्जा लिन पाउँछन् ।
९. सामसुङ डिजिटल सिटी क्याम्पसमा दश बास्केलबल कोर्ट, ४ ब्याडमिन्टन कोर्ट, ३ फुटबल ग्राउण्ड तथा दुइ बेसबल ग्राउण्ड रहेका छन् ।
१० सामसुङका स्मार्टफोनको अडियो परीक्षणका लागि एउटा यस्तो च्याम्बर छ जसमा सबैखाले आवाज तथा विद्युत चुम्बकीय विकिरण हटाइएको छ । त्यसलाई एनेकोइक च्याम्बर भनिन्छ ।
११. सामसुङको मुख्यालयमा संग्राहलय पनि छ । जसको नाम हो सामसुङ इनोभेसन म्युजियम । जसमा विश्वको इलेक्ट्रोनिक्स उद्योगको विकाशक्रिम तथा पछिल्लो २ सय ७० वर्ष यताका डिभाइसहरु प्रदर्शनमा राखिएको छ ।
१२. सामसुङको अनुसन्धान तथा विकाश क्षेत्रमा ६९ हजार कर्मचारी छन् विश्वभरमा । जुन कुल कर्मचारीको एक चौथाइ हो । ती मध्ये अधिकांस यहीँ मुख्यालयमा रहेका छन् ।
१३.सामसुङका स्मार्टफोनको लागि रिङटोन तथा अलर्ट साउन्डको सिर्जना गर्नका लागि साउन्ड ल्याब रहेको छ । जहाँ संगीतकारहरुले अत्याधुनिक बाद्य सामाग्री तथा प्रविधिको प्रयोग गरेर नयाँ नयाँ धूनको सिर्जना गर्दछन् ।
१४. सामसुङको मुख्यालयमा हरेक दिन ७२ हजार भाग खाना पस्किइन्छ । ब्रेकफास्ट, लन्च तथा डिनरमा गरी सामसुङ डिजिटल सिटीको फुड कोर्टले ९२ थरी खानाका परिकार दिनहुँ तयार गरेको हुन्छ ।
१५. सामसुङले आफ्ना ग्याजेटको वाटर प्रुफ क्वालिटी परीक्षण गर्नका लागि ओलम्पिक प्रतियोगितामा खेलाइने जत्तिकै ठूलो पौडी पोखरीको प्रयोग गर्ने गरेको कतिपयले बताउने गर्छन् । तर वास्तवमा सामसुङले पौडी पोखरीमा नभै प्रयोगशालामै ग्याजेटको वाटर प्रुफ क्वालिटी परीक्षण गर्ने गर्छ । पौडी पोखरीहरु भने कर्मचारी तथा शोधार्थीहरुलाई पौडी खेल्नकै लागि बनाइएको हो ।
१६. यदि पानी पर्यो भने त्यसबेला ९ हजार छाताहरु एकसाथ प्रयोगमा आउँछन् । जुन कम्पनीले नै प्रदान गरेको हुन्छ ।
१७. सामसुङ डिजिटल सिटीमा मनोरन्जनको कमी छैन । सबै टाइम शो टाइम भनेझैँ त्यहाँ कहिले रक कन्सर्ट भैरहेको हुन्छ त कहिले सेलिब्रेटी टक शो ।
१८. सामसुङको मुख्यालयमा कार्यरत कर्मचारीहरुले विभिन्न ६ सय ५० वटा क्लब गठन गरेका छन् । ती मध्ये कतिपय साहसिक खेलकुद, प्याराग्लाइडिङ तथा फोटोग्राफी लगायतका क्लब समेत छन् ।
१९. मुख्यालयमा कर्मचारी तथा शोधार्थीहरुका लागि च्याट गर्ने, आरा मगर्ने, आनन्द लिने तथा सुत्ने ठाउँहरु पनि छन् । त्यस्तै गर्भवती महिलाका लागि रिल्याक्सेसन रुमहरुको समेत व्यवस्था गरिएको छ ।
२०. परिवार दिवसका दिन सामसुङ डिजिटल सिटी एउटा थेम पार्क जस्तै बन्दछ । पारिवारिक मिलन तथा विभिन्न मनोरन्जनका कार्यक्रममा कर्मचारी तथा उनीहरुका परिवार रमाउँदछन् ।
प्रतिक्रिया 4