+
+

रामेछापमा टहरा बनाउन ११ करोड निकासा

२६ जेठ, रामेछाप । भूकम्प प्रभावितहरुको घर निर्माणका लागि रामेछापमा ११ करोड ८२ लाख ७५ हजार रुपैयाँ निकासा भएको छ । एक नरपालिका र नौ गाविसका लागि उक्त रकम निकासा भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २६ गते १३:५५

नवराज पथिक
२६ जेठ, रामेछाप । भूकम्प प्रभावितहरुको घर निर्माणका लागि रामेछापमा ११ करोड ८२ लाख ७५ हजार रुपैयाँ निकासा भएको छ । एक नरपालिका र नौ गाविसका लागि उक्त रकम निकासा भएको हो ।
Ramechap-3
निकासा भएको रकम मध्ये मन्थली नगरपालिकामा ६ करोड ३० लाख रुपैयाँ, गुम्देल गाविसमा ९० लाख रुपैयाँ, रामपुरमा ७५ लाख रुपैयाँ, बिजुलीकोटमा ७५ लाख रुपैयाँ, सैपुमा ७० लाख रुपैयाँ, भुजीमा ६१ लाख ६५ हजार रुपैयाँ, कुबुकाँस्थलीमा ३० लाख, फर्पुमा ३० लाख र माकादुम गाविसमा ३० लाख रुपैयाँ रकम प्रदान गरिने जिल्ला दैवी प्रकाप उद्धार समितिले जनाएको छ ।

निकासा गरिएको रकम मध्ये रामपुर गाविसमा वितरण कार्य सम्पन्न भइसकेको छ । अन्य गाविसमा पनि स्थानीय संयन्त्रबाट वितरण गर्ने तयारी भइरहेको समितिले जानकारी दिएको छ ।

रकम निकासाका लागि बाँकी रहेका गाविसमा आवश्यक प्रक्रिया पुरा गरी आएमा तत्काल निकासाको व्यवस्था मिलाइएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताए । सरकारले भुकम्पले क्षतिग्रस्त भएका घर मर्मत गरेर समेत बस्न अयोग्य भएका पीडित परिवारलाई टहरा निर्माणको लागि प्रति घर १५ हजार रुपैयाँका दरले नगद सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?