राजु पौडेल
अक्सर म दोषी छु ।
पूर्ण दोष तिम्रो भन्दिन म ।
प्राकृतिक न्यायको सिद्धान्त,
भूगोलमाथिको उत्तरी विराट वस्ती तिम्रो,
त्यहिँ भू-गर्भको कठिनाईमा म ।
म राप, ताप र सन्तापले जेलिएको थिए ।
मेरो उन्मुक्तिको अभिलासा,
ठोक्किनु मेरो धर्म ।
अन्तरालको स्पर्श,
एक भयानक कम्पन ।
स्वच्छन्दता खोज्ने कुल-कुलेशा
फैँलिदै बहनुपर्ने नदि-नाला
हरियाली टापु माथिको कमसल
मानवीय सृजना !
रूग्ण कलात्मक भौतिक संरचना ।
म माथिको सिंगो प्रहार,
तिनै कम्पनहरुले उछिट्टीएका छन् ।
छतविच्छेद भग्नावशेष
चिरा-चिरा छाती ,
ध्वस्त पर्खालमुनिका विभत्स सपनाहरु
तिनै मानवीय प्रतिष्ठामाथि
अभिसप्त कम्पनहरुको अर्घेल्याई ।
अर्घेल्याई-प्राकृतिक विपत
तिमी बाच्यौँ,
बाच्न पाउनु तिम्रो आधिकार ।
फर्क ! त्यहिँ आधिकारबाट बञ्चितहरुका लागि
भावी पुस्ताको जोखिममुक्त, नवनिर्माणको लागि ।।
प्रतिक्रिया 4