दोहा । दाङ देउखुरी सेवा समाज कतारले कतार आएका जिल्लावासी दुर्इ कलाकारकाे सम्मान गरेका छन् ।
दङ्गाली कलाकार गायक सन्दीप न्यौपाने र संगीतकार सुमन अधिकारीलाई सम्मान गरिएकाे हो । गत शुक्रबार दोहाको अमवाज रेष्टुरेन्टमा कार्यक्रम आयोजना गरी कलाकारद्वयलाई सम्मान गरिएको थियाे ।
कार्यक्रममा बोल्दै गायक न्यौपानेले कतारमा आएर आफ्नै जिल्लाको सामाजिक संस्थाबाट सम्मानित हुन पाएको भन्दै खुशी ब्यक्त गरे । उनले प्रवासमा रहेर पनि सामाजिक कार्यमा अगाडि बढिरहेको संस्था दाङ देउखुरी सेवा समाज कतारलाई शुभकामना दिए ।
त्यस्तै संगीतकार अधिकारीले कतारमा पाएको सम्मान जिन्दगीको अविस्मरणीय क्षण रहेको बताए । उनले समाजको प्रगतिको कामना गर्दे समाजसँग हरेक कुरामा सामिप्यता रहने बताए ।
कार्यक्रममा वरिष्ठ सल्लाहकार कमलमणि गुरागाँई, संस्थापक अध्यक्ष गणेशप्रसाद बन्जाडे, संस्थाका कार्यवाहक अध्यक्ष बसन्त पुरी, उपाध्यक्ष हेमबहादुर बस्नेतले आ-आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया 4