+

विश्वकप छनोटमा गुआमसँग भारतको अप्रत्यासित हार

२०७२ असार  १ गते २०:४९ २०७२ असार १ गते २०:४९
विश्वकप छनोटमा गुआमसँग भारतको अप्रत्यासित हार

Indian-football-team

१ असार, काठमाडौं । विश्वकप छनोटमा भारतले गुआमसँग अप्रत्यासित हार व्यहोरेको छ । एसियन छनोटको दोस्रो चरणमा पुगेको भारत विश्व वरियतामा १७४ औं स्थानमा रहेको गुआमसँग २-१ ले पराजित भएको हो ।

१ लाख ६५ हजार जनसंख्या रहेको गुआमले २००२ को छनोट चरणमा १६-० र १९-० को हार व्यहोरेको थियो । तर, विश्वकप छनोटमा पहिलो जित हात पार्ने क्रममा हालै तुर्कमिनिस्तानलाई हरायो ।

ग्यारी हृवाइटको प्रशिक्षणमा रहेको गुआमले घरेलु मैदानमा १.२५ मिलियन जनसंख्या भएको भारतको टीमलाई २-१ ले हराएको छ । जितसँगै गुम २०१८ को विश्वकपको एसियन छनोटको समूह डढीको शीर्ष स्थानमा छ ।

गुआमका लागि ३७ औं मिजेटमा बी म्याकडोनल्ड र ६२ औं मिनेटमा निकलले गोल गरे । भारतका लागि एक मात्र सान्त्वना गोल खेलको अन्तिमतिर सुनिल क्षेत्रीले गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय