+
+

बेल्जियममा अन्तरराष्ट्रिय साहित्य सम्मेलन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते ११:१५

sahitya-sammelan
बेल्जियममा पहिलो पटक अन्तरराष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ । बेल्जियमको लुभेन शहरमा सुरु भएको सम्मेलनको पहिलो दिन यूरोपभरका ५० जना साहित्यकारले रचना वाचन गरेका छन् ।

सम्मेलनको उद्घाटन संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले गरेका छन् । उनले यूरोपमा नेपाली साहित्यप्रेमीको उत्साहजनक उपस्थिती भएको भन्दै उनले मुलुकमा बसेपनि साहित्यलाई जोगाउनु पर्ने बताए ।

एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएन स्थापनाको उद्देश्यहरुमध्ये नेपाली भाषा र साहित्य प्रवर्द्धन गर्नु पनि रहेको बताए । सम्मेलनको दोश्रो दिन सोमबार नेपाली भाषा र साहित्यको विश्वव्यापिकरण, प्रवासमा नेपाली भाषा साहित्यको विकासमा नेपाली सञ्चारको भूमिका तथा नेपाली साहित्यको उत्तरआधुनिकवाद विषयक छलफल कार्यक्रम हुँदैछ ।

सम्मेलनको समापनमा यूरोप घोषणापत्र जारी हुने आयोजकले बताएको छ । अन्तरराष्ट्रि नेपाली साहित्य समाजले कार्यक्रमको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?