+
+

तौलिहवा तनावग्रस्त, बन्दुकसहित एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २ गते १६:०५

२ भदौ, तौलिहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबीच कपिलवस्तुको तौलिहवामा झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ ।

Jilla-Prasashan-Kapilbastu

सरकारी कार्यालय र बजारमा सुरक्षाकर्मीको ब्यापक परिचालन गरिएको छ । प्रहरी उपरिक्षक विक्रम गुरुङले आन्दोलनकारीले सरकारी कार्यालयलाई लक्षित गरेको हुँदा कार्यालयहरुमा सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिए ।

गाविस कार्यालयमा आगजनी

मोर्चाका कार्यकर्ताहरुले बुधबार तिर्तिखी गाविस कार्यालयमा आगजनी समेत गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै २०-२५ जनाको समूहले गाविस कार्यालयमा तोडफोड गर्दै आगजनी गरेको हो । आगजनीबाट कार्यालयका फर्निचर र कागजात जलेर नष्ट भएको गाविस सचिव अयोध्या विश्वकर्माले जानकारी दिए ।

‘आन्दोलनकारी’बाट बन्दुक बरामद

यसैबीच बैदौली ३ मा  एक जना बन्दुकसहित पक्राउ परेका छन् । अब्दुल मुसलमानको साथबाट एक थान बाह्रबोरको बन्दुक बरामद गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल मर्यादपुरले जनाएको छ । सो बन्दुक जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

घुसपैठ भयो : सभासद गुप्ता

कपिलवस्तु क्षेत्रनम्बर ३ का सभासद तथा मोर्चाका नेता वृजेश कुमार गुप्ताले भने शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको जिकीर गरेका छन् ।

तिर्तिखी गाविस कार्यालय आगजनीमा मोर्चाका कार्यकर्ताहरुको हात नभएको उनले बताए । उनले भने, ‘मोर्चाले कार्यकर्ताहरुलाई भौतिक संरचना ध्वस्त गर्न कुनै निर्देशन दिएको छैन,’ गुप्ताले भने, ‘व्यक्तिगत रिसिइबीका कारण गाविसमा आगजनी भएको हुनसक्छ ।’

आन्दोलन हिंसात्मक रुप लिन थालेपछि स्थानीयले शान्तिपूर्ण आन्दोलन गर्न मोर्चालाई आग्रह गरेका छन् । मोर्चाको माग जायज भएपनि आन्दोलन उग्र बन्दै गएकोप्रति मानवअधिकारकर्मी तथा नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् ।
-बसन्त गिरीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?