+

जुनियर खुला लनटेनिस अर्को साता

२०७२ भदौ  २४ गते १५:३५ २०७२ भदौ २४ गते १५:३५
जुनियर खुला लनटेनिस अर्को साता

२४ भदौ, काठमाडौं । अखिल नेपाल लनटेनिस संघको आयोजनामा सातौं केशा ग्रुप/जेटीआई जुनियर खुला लटेनिस प्रतियोगिता भदौ २९ गतेदेखि हुने भएको छ ।

यु-८, यु-९, यु-१०, यु-१२, यु-१४ र यु-१६ उमेरसमूहमा ब्वाइज/गल्र्सको सिंगल्समा खेल हुने लनटेनिस प्रशिक्षक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । १३ वर्ष पूरा गरेका र १७ वर्ष ननाघेका ब्वाइज/गल्र्सको डबल्स पनि हुनेछ ।

छदिनसम्म सातदोबाटोस्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको कूल पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा केशा ग्रुप र सह-प्रायोजकमा माथेमा दम्पती डा. बसन्त र जाना रहेका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा जुनियर टेनिस इनिसिएटिभ -जेटीआई) को प्राविधिक सहयोग रहने छ । जुनियर टेनिस खेलाडीलाई लक्षित गरी जेटीआई परियोजना नेपालमा २००७ देखि सुरु भएको थियो । अन्तर्राष्ट्रिय टेनिस महासंघले जेटीआईलाई आर्थिक सहयोग गरेको छ ।

प्रशिक्षक वज्राचार्यका अनुसार उपत्यकाका तीन जिल्लामा विभिन्न ११ विद्यालय तथा मोफसलमा पोखरा, हेटौंडा र बुटवलमा जेटीआई परियोजना सञ्चालनमा छन् ।

मेनन नेपाल आउने

एसियाली टेनिस महासंघका विकास निर्देशक सुरेश मेनन सेप्टेम्बर १९ तारिख नेपाल आउने भएका छन् । नेपालमा जेटीआईअन्तर्गत हुने विभिन्न प्रतियोगिता र तालिम प्रभावकारी ढंगले सञ्चालन भए/नभएको, भौतिक पूर्वाधारको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन उपयुक्त पूर्वाधार भए/नभएको बारे अवलोकन गर्न मेनन नेपाल आउन लागेको बताइएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय