+
+

पर्यटन पुनरूत्थानमा सबै पक्ष एकजुट भएर लाग्नुपर्छ

निजी प्रयास, व्यवसायिक संघ-संस्था, पर्यटन व्यवसायीका छाता संगठनको प्रयासमा पर्यटन पुनरूत्थान गर्ने कोसिश भैरहेको छ ! पर्यटन मन्त्रालय, पाटा, टान, हान, एनएमए लगायतका धेरै संघ-सस्था हातेमालो गर्दै सक्रिय रुपमा पर्यटक भित्राउने प्रयासमा विभिन्न कार्यक्रम सार्बजनिक गर्दै हिँडिरहेका छन् । तर, पहिले कै अवस्थामा पर्यटन क्षेत्रलाइ पुनर्जिवित गराउन अझै केहि समय लाग्छ नै र हाम्रो प्रयास जारि नै छ । तर, अहिले भइरहेको प्रयासले मात्र पुग्ने देखिदैन ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २४ गते ९:०४

बिगत एक दशक भन्दा बढी पर्यटन व्यवसाय तथा विभिन्न सामाजिक सस्थामा संलग्न पर्यटन व्यवसायी शारदा मल्ल ठकुरीसँग भूकम्पपछि मुलुकको पर्यटनका विषयमा अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

भूकम्पपछि नेपालको पर्यटन क्षेत्र कसरी अगाडि बढिरहेको छ ?

भूकम्पले नेपालको सम्पूर्ण व्यवसायिक क्षेत्र नै प्रभावित बनाएको अवस्थामा पर्यटन क्षेत्रमा अछुत रहेको अवस्था पक्कै पनि छैन । नेपालको पदमार्गदेखि वश्व सम्पदा सुचीमा परेका धेरै ठाउँ यसको प्रभावमा परेका छन् । भूकम्प आउनु अघिको स्थिति भन्दा अहिले पर्यटन क्षेत्र केहि Shardhya Mallसुस्ताएको अवस्था नकार्न सकिन्न । तर, सुस्ताएको पर्यटन क्षेत्र विस्तारै तंग्रिन थालेको थियो । विभिन्न जातजातिको बन्द हड्तालले गर्दा पुनः सुस्ताउन पुगेको छ ।

सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गराउन अहिले भइरहेको प्रयास प्रयाप्त छ ?

निजी प्रयास, व्यवसायिक संघ-संस्था, पर्यटन व्यवसायीका छाता संगठनको प्रयासमा पर्यटन पुनरूत्थान गर्ने कोसिश भैरहेको छ ! पर्यटन मन्त्रालय, पाटा, टान, हान, एनएमए लगायतका धेरै संघ-सस्था हातेमालो गर्दै सक्रिय रुपमा पर्यटक भित्राउने प्रयासमा विभिन्न कार्यक्रम सार्बजनिक गर्दै हिँडिरहेका छन् । तर, पहिले कै अवस्थामा पर्यटन क्षेत्रलाइ पुनर्जिवित गराउन अझै केहि समय लाग्छ नै र हाम्रो प्रयास जारि नै छ । तर, अहिले भइरहेको प्रयासले मात्र पुग्ने देखिदैन ।

पर्यटन पुनरुत्थानमा कसरी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ?

अहिले जसरि सम्पूर्ण पर्यटन व्यवसायी एकजुट भएर अघि बढिरहेका छौं,  यसले निरन्तरता पाईरहनु पर्छ । राज्यले पनि अर्थतन्त्रमा महत्वपुर्ण स्थान राख्ने यो व्यवसायलाई अत्यन्त संवेदनशील भएर यसको पुनरुत्थानमा मद्दत पुग्ने कार्यक्रमहरु अघि बढाउनु पर्छ । धेरै पर्यटक भित्रने मुलुकका पर्यटकहरुका लागि केहि समयका लागि भएपनि भिसा शुल्क मिनाहा गर्नेदेखि लिएर राष्ट्रिय ध्वजाबाहकको सेवा गुणस्तर बढाउने अनि शुल्कमा पनि केहि कटौती गर्नुपर्छ । व्यवसायीहरुबाट पनि आफुले बिक्री गर्ने प्याकेजहरुमा थप सेवा सुबिधा दिएर पर्यटकलाइ आकर्षीत गर्ने कार्यक्रमहरू आउन जरुरी छ । भत्केका संरचना र पदमार्गहरुको निर्माण प्रक्रियामा सिघ्रता ल्याउनु आवस्यक छ ।

पर्यटन प्रवर्द्धनमा तपाई कसरी लागिरहनु भएको छ ?

पर्यटन व्यवसायसँग सम्बद्ध संघमा बिगत १२/१३ बर्षदेखि आबद्ध छु । मैले नेसनल टुरिजम फाउन्डेसनको जनरल सेक्रेटरीको भूमिकामा भूकम्पले प्रभावित नभएका नेपालका थुप्रै भर्जिन ठाउँहरुको जानकारी संकलन गरी विश्व बजारमा पुर्याउन सकिने सम्भावित बाटोहरु पहिल्याउने गृहकार्यमा लागिरहेको छु ।

पर्यटन पुनरुत्थानका लागि भैरहेका प्रायजसो कार्यक्रममा सहभागी भै सुझाब संकलन गर्नेदेखि लिएर त्यसलाई कार्वनयन्मा ल्याउन सकिने सम्भावित मार्गहरुको गहिरो अध्ययनमा लाग्दै सम्बन्धित निकायहरुमा प्रस्ताव पुरयाउने कार्यमा पनि उत्तिकै सक्रिय छु ।

पर्यटन पहिलाकै अवस्थामा फर्किन कति समय लाग्ला ?

जुन युद्धस्तरमा हामी व्यवसायीहरुको प्रयास भइरहेको छ, यदि राज्यले त्यसमा होस्टे मा हाइस्टे गरिदिने हो भने त्यो समय टाढा छैन । तर, त्यसको लागि देशको राजनीतिक अवस्था स्थिर हुनु महत्वपुर्ण छ । नेपाल घुम्न आउने पर्यटकलाइ शान्ति र सुरक्षाको प्रत्याभूति हरेक पक्षबाट हुनु जरुरी हुन्छ ।

पर्यटनको अलवा अन्यत्र केमा व्यस्त हुनुहुन्छ ?

सामाजिक सेवामा सक्रिय बन्दि सहायता केन्द्र नेपाल (पा नेपाल), एसीटीएस नेपाल, वोर्ल्ड सैक्लिस्ट फाउन्डेसन नेपाल लगायत भुकम्प प्रभावित छेत्रहरुमा राहत वितरण गर्नेदेखि, स्कुल भवन निर्माण गर्नेसम्मको कार्यलाइ निरन्तरता दिई रहेको छु ।

समाज सेवामा कसरी रुची जाग्यो ?

आफ्नो घरलाइ माया गर्न जान्नेले आफु बस्ने समाजलाइ मायाँ नगर्ने कुरै आउँदैन । आफु पेटभरी अघाएर घर छेउ भोकभोकै कोहि बस्छ भने त्यो तमासे भै हेर्न नसक्ने मेरो बानीले गर्दा व्यवसायिक व्यस्तताको बावजुद पनि मैले आफुले सक्ने समय निकालेर समाज सेवामा बर्षौ देखि योगदान दिँदै आइरहेको छु र भबिस्य मा पनि त्येस्लाई निरन्तरता दिइ नै रहनेछु ।

भोलीका योजना के छन् ?

सबैभन्दा प्राथमिकतामा परेको मेरो बिषय भनेको नेपालको पर्यटनलाइ विश्वबजारमा पुनःस्थापित गर्न आफ्नो तर्फबाट प्रयास रहन्छ । त्यसकै लागि हाल यसै छेत्रसँग सम्बन्धित पर्यटन छेत्रका अगुवाहरुसँग गृहकार्य गर्दै छु र सिघ्र ती कार्यक्रमहरु कार्यान्वयन गर्ने योजनामा लागिपरेकी छु ।

अन्त्यमा ?

देश को राजनीति ठिक भयो भने व्यवसाय चम्किन्छ ।  देशको अर्थतन्त्र बलियो हुनु भनेको जनताको जीवनस्तर समृद्ध हुनु हो । त्यसैले फुटेर हैन जुटेर अघि बढौ भन्ने मेरो हार्दिक अनुरोध सबैमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?