+
+

भारतको सुनौली बजारमा नेपाली झण्डाको अपमान

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १२ गते २०:५८

Nepali-Flag-Misuse

असोज, रुपन्देही । रुपन्देहीको सीमा नाकासँग जोडिएको भारतीय बजारमा सुनौलीमा नेपालको राष्ट्रिय झण्डाको अपमान गरेका छन् ।

त्यहाँका केही युवाहरुले नेपालको झण्डा जलाउने प्रयास समेत गरेका छन् । तर, भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गरेर झण्डा जलाउन दिएनन् ।

सुनौली बजारमा केही युवाहरुले नेपालको झण्डालाई भूईँमा लगातार नाराबाजी गरेका थिए । उनीहरुले नेपाली नेताहरुको पुत्ला समेत जलाएका छन् ।

नेपालको अन्तरिक मामिलामा हस्ताक्षेप गरेको र नाकाबन्दी लगाएको भन्दै पछिल्लो समय नेपालका विभिन्न स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?