+
+

‘सबैका लागि सार्वजनिक स्थल’ नारामै सीमित

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते ६:३५

१८ असोज, काठमाडौं । देशको राजधानी रहेको उपत्यकामा बसोबास गर्नेले सार्वजनिक स्थानको अभाव भोग्दै आएका छन् । अव्यवस्थित सहरीकरणका कारण उपत्यकाबासीले राजधानीको मापदण्डअनुसार न भौतिक संरचना उपभोग गर्न पाएका छन्, न अन्य सेवा सुविधा नै । तर, संयुक्त राष्ट्रसंघ भन्छ ‘सबैका लागि सार्वजनिक स्थलको पहुँच अनिवार्य छ ।’

राष्ट्रसंघले त्यसो भने पनि उपत्यकाबासीका लागि सार्वजनिक स्थलको पहुँच छैन । योजनाबद्ध सहरी विकासको अभावमा पर्याप्त सार्वजनिक स्थल छुटयाइएका छैनन् भने भएका सार्वजनिक स्थल पनि अतिक्रमणको सिकार बन्दै आएका छन् । उपत्यकाभित्रका सयौं रोपनी सार्वजनिक जग्गा विभिन्न बहानामा अतिक्रमणमा पर्दै आएको नयाँ पत्रिकामा खबर छ ।

‘सबैका लागि सार्वजनिक स्थल’ भन्ने नाराका साथ सरकारले विश्व बसोबास दिवस मनाइरहेपनि यो नारा नारामा मात्र सीमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?