+
+

तीन गल्ती, जो मेहेनती र बुद्धिमान मानिसले पनि गर्छन्

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २६ गते ११:१८

Gentel-Men
मानिसले जीवनमा धेरै गल्ती गर्छ । भनिन्छ गल्ती नगर्ने मानिस नै होइन । तर एकपटक गरिएको गल्तीबाट पाठ नसिक्ने र पुनः सो गल्तीलाई दोहोराउने मानिस पनि बुद्धिमान तथा सफल मानिस हुन सक्दैन । गल्ती सामान्य मानिसले मात्र होइन बुद्धिमान तथा मेहेनती मानिसले पनि गर्छन् । तर बुद्धिमान मानिसले गर्ने गल्तीहरु बढि चर्चित बन्दछन् । मेहेनत र बुद्धिमानी मानिसले समेत गर्ने मुख्य ३ गल्ती, जसले सफलतामा बाधा उत्पन्न गर्दछन् ती यस्ता छन् :

सपना नदेख्नु

प्रायः देख्ने तथा सुन्ने गरेको कुरा के भने समाजका सबैभन्दा बुद्धिमान मानिसहरुले मेहेनत त गर्छन् तर उनीहरुका सपनाहरु पहिले नै तय भैसकेका भने हुँदैनन् ।

भाल्ट डिज्नेले लाखौँ डलर मूल्यको विश्वको सबैभन्दा ठूलो मनोरन्जन पार्क बनाउने सपना देखेका थिए । त्यस समय उनको गोजीमा एक सेन्ट पनि थिएन तर उनले आफ्नो सपना कसरी पूरा गरे त ? यदि तपाइँले उनका समस्त क्रियाकलापहरुलाई नजिकबाट अध्ययन गर्नुभयो भने पाउनुहुन्छ की उनका सम्पूर्ण कोसिस आफ्नो सुन्दर सपना साकार पार्नेतर्फ लक्षित थिए । हाम्रा सपनाहरु जति सुन्दर तथा प्रष्ट हुन्छन् त्यसलाई साकार पार्नका लागि हामी उति नै दृढ बन्छौँ ।

तर दुर्भाग्य नै भन्नुपर्छ धेरै जसो बुद्धिमान मानिसले मानिसले मेहेनत त गर्छन् तर प्रायः आफ्नो लक्ष्य तय गरेको हुँदैनन् अर्थात् सपना देखेको हुँदैनन् । फलस्वरुप उसले आफ्नो जिवनमा ठूलो प्रगति गर्न सक्दैन, मेहेनत अनुरुप । जसले जिवनमा ठूलो सफलता प्राप्त गरेका हुन्छन्, उनीहरुले सधै ठूलो सपना पनि देखेका हुन्छन् । ठूलो सपना देख्नु उनीहरुको स्वभाव नै हो । त्यस्ता मानिसमा केवल आफ्नो सुन्दर सपनामा रंग भर्ने हुटहुटी मात्र होइन की त्यसलाई साकार पार्नका लागि जस्तोसुकै चुनौति तथा दुखको सामना गर्ने दृढता पनि हुन्छ ।

समस्या चिन्नै नसक्नु

लेजर प्रिन्टरको आविष्कार हुनुअघि सम्म छपाइको काम निकै दिक्क लाग्दो तथा गाह्रो थियो । छपाइ राम्रो पनि हुँदैनथ्यो र लामो समय लाग्थ्यो । जब स्टिभ जब्सको कम्पनीले एक सानदार प्रडक्ट ल्यायो तब वर्षौँ सम्मको त्यो समस्या एकाएक हल भयो । एप्पल कम्पनीले केवल समस्याको पहिचान मात्र गर्दैन त्यसलाई हल गर्नमा अतिरिक्त मेहेनत पनि गर्दछ । वास्तवमा तपाइँ आफ्नो समस्या जति चिन्न सक्नुहुन्छ वा समस्याको विषयमा स्पष्ट हुनुहुन्छ त्यो समस्या हल गर्ने सम्भावना पनि बढि हुन्छ । वास्तवमा मानिसहरु नयाँ नयाँ समस्या खोज्ने तर खास समस्या पहिचान गर्न नसक्ने प्रवृत्तिका हुन्छन् र समस्या नचिन्ने तर खोजिरहने गल्ती गर्दछन् ।

नयाँ कुरा सिक्न छाड्ने

सिकाइ जिवनभर निरन्तर चल्ने प्रक्रिया हो । तपाइँ चाहे जुनसुकै उद्योगमा हुनुहोस् व्यवसायका लागि नयाँ तथा उत्तम विधि सिक्नुभएन भने छिटै बजारबाट बाहिरिने पक्का हुन्छ । १९६५ ताका कोलगेट टुथ नामको कम्पनीले केवल एकैप्रकारको मात्र टुथपेष्ट उत्पादन गथ्र्यो ।

तर अहिले कम्पनीले ग्राहकको आवश्यकता, रुची, उमेर आदिको आधारमा उत्पादनमा विविधिकरण गर्दै विभिन्न २८ प्रकारका टुथपेष्ट उत्पादन गर्दछ र यसको बजार हिस्सा निकै राम्रो छ । आफ्नो जागिर, व्यवसाय तथा करिअरमा सधै उचाइमा रहन चाहनुहुन्छ भने सधै आफ्ना सम्भाव्य ग्राहकको सम्पर्कमा रहनुहोस् र उनीहरुका भावना तथा आवश्यकतालाई बढि भन्दा बढि स्थान दिनुहोस् ।

नयाँ नयाँ कुरा सिक्ने, पृष्ठपोषण लिएर निरन्तर सुधार गर्ने कुरालाई आत्मसात गर्नुपर्छ । तर बुद्धिमानी भनिने धेरै मानिसहरु आफुलाई पूर्ण ठान्दछन् र नयाँ कुरा सिक्न धक वा अल्छी मान्छन् । यसले उनीहरुको ओह्रालो यात्रा सुरु गरिदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?