+

पारसको कप्तानीमा टोली घोषणा, विक्रम र इर्शाद नयाँ अनुहार

२०७२ कात्तिक  १६ गते २०:०५ २०७२ कात्तिक १६ गते २०:०५
पारसको कप्तानीमा टोली घोषणा, विक्रम र इर्शाद नयाँ अनुहार

parash-Khadka-650

१६ कात्तिक, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियन अन्तरगत पपूवा न्यूगिनीसँगको खेलका पारस खड्काको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

टोलीमा विक्रम सोव र इर्शाद अहमद नयाँ अनुसार छन् भने सुवास खकुरेल, नरेश बुढायर र मेहबुब आलमले पुनरागमन गरेका छन् ।

ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको टोलीमा बसन्त रेग्मी, शक्ति गौचन, सागर पुन, अनिल मण्डल, सोमपाल कामी, करण केसी, महेश क्षेत्री, शरद भेसवाकर, पृथु बास्कोटा छन् ।

बन्द प्रशिक्षणमा रहेका मध्ये रापेश पुलामी मगरका साथै सन्दिप लामिछाने, दिलिप नाथ, यज्ञमान कुमाल टीममा परेनन् । विनोद भण्डारी, प्रदिप ऐरी, सिद्धान्त लोहनी र भुवन कार्की भने प्रारम्भीक टोलीमा नै परेका थिएनन् ।

नेपाली टोली भोलि यूएई प्रस्थान गर्नेछ । भ्रमणका क्रममा नेपालले पाकिस्तानसँग वान डे खेल्नुका साथै हङकङसँग टु डे र ओमानसँग एक दिवसीय खेल पनि खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय