+

बिच भलिबलको उपाधि एपिएफलाई

२०७२ मंसिर  ४ गते १८:१८ २०७२ मंसिर ४ गते १८:१८
बिच भलिबलको उपाधि एपिएफलाई

४ मंसिर, इटहरी । तीनदिने बिच भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

पूर्वाञ्चल भलिबल संघले आयोजनामा इटहरीमा भएको प्रतियोगिताको फाइनलमा सशस्त्रले अर्को विभागीय टोली नेपाली सेना पराजित गरेको हो ।

सशस्त्र प्रहरीका महेन्द्र श्रेष्ठ र सुरेश चौधरीको जोडीले नेपाली सेनाका महेन्द्र श्रेष्ठ र हरिहर कार्कीको टोलीलाई २१–१० र २१–१७ को लगालग पराजित गरेको छ।  विजयी टोलीले २० हजार तथा सिल्ड प्राप्त गरेको छ भने उपविजेताले १५ हजार पाएको छ ।

महिलातर्फको उपाधि पनि सशस्त्र प्रहरीका सरस्वती चौधरी र नेविका चौधरीको टोलीले जितेको छ । सशस्त्रको टोलीले  नेपाल प्रहरीको बिनी बुढाथोकी र रेश्मा भण्डारीको टोलीलाई पराजित गरेको हो भयो । विजेता टोलीले २० हजार पाएको छ । रासस

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय