५ मंसिर, धनुषा । जनकपुरमा एक घरमा बम पडि्कँदा एक जना घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका-४ माइस्थानमा रहेको नरेश यादवको घरमा बम विस्फोट भएको हो ।
विस्फोटमा परी डेरा गरी बस्ने सिराहा गौरीपुर-९ का २२ वषर्ीय श्रवनकुमार यादव घाइते भएका हुन् । यादव बरन्डामा बसिरहेको अवस्थामा बिष्फोट भएको थियो ।
विस्फोटमा गरी गम्भीर घाइते भएका यादवलाई जनकपुर अञ्चल अस्पतालमा प्रारम्भीक उपचार गरेर धरान पठाइएको छ ।
यादव स्थानीय कलेजमा हेल्थ असिस्टेण्टका विद्यार्थी हुन् । टिफिन क्यारियरमा राखेको बम विस्फोट भएको बताइएको छ ।
घाइते यादवले उक्त टिफिन क्यारियर आफ्नो नभएको बताएको छ । प्रहरीले भने उनको कोठाबाट सिके राउतको स्वतन्त्र मधेश गठबन्धनको घोषणापत्र, एक थान बुकलेट र दुई थान भारतीय सिम फेला परेको बताएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4