+
+

प्रियंका र दयाको यस्तो निकटता, चल्छ एक अर्काको जुठो पनि

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २० गते १२:००

priyanka-and-dayahang
चलचित्रका विभिन्न कार्यक्रममा पुगेपछि कलाकारका बारेमा विभिन्न खालका क्रियाकलाप देखिन्छन् । काठमाण्डौमा शुक्रबार बेलुकी आयोजना भएको ‘वडा नम्बर ६’ चलचित्रको सफलता पार्टीमा पनि कलाकार दयाहाङ राई र नायिका प्रियंका कार्कीको यस्तै क्रियाकलाप देखियो ।

जाडो मौसममा पनि नायिका कार्कीलाई चिसोले छोएको थिएन । प्रियंकाले लगाएको पहिरन मंसिरको चिसोमा नभई  वैशाखाको गर्मीमा लगाउने जस्तो थियो । तर, नायिकाको जाडो के ले खान्छ भनेजस्तै, नायिका कार्कीलाई कुनै प्रवाहा थिएन ।

प्रियंका र दयाहाङले एक अर्कालाई नजिकको साथी मान्छन् । यी दुइले आधा दर्जन चलचित्रमा एकसाथ काम पनि गरिसकेका छन् । विवाहित दयाहाङ र डिभोर्स गरेर बसेकी नायिका कार्कीको मित्रता ‘वडा नम्बर ६’को कार्यक्रममा पनि देखियो । कार्यक्रमको सुरुवातदेखि नै एकसाथ बसिरहेका दया र प्रियंका अन्तिम समयमा भने आफूले खाएको खानकुरा एक अर्कालाई पनि खुवाउँदै थिए ।

प्रियंकाले आफूले खाइन् र दयालाई पनि सोही भाग खुवाइदिइन् । दयाले केही अप्ठ्यारो मान्दै पि्रयंकाले खाएको मासुको टुक्रा खाए । दयालाई खुवाउन पाउँदा कार्की खुबै खुशी देखिएकी थिइन् । दयाले पनि कोल्ड डि्रक्स पिउँदै सोही ड्रिक्स नायिका कार्कीलाई पिलाएका थिए । दया र प्रियंकामा एक अर्काको  जुठो मझैले चलेको देखियो ।

प्रियंकाले आफ्नो फेसबुकमा दयाहाङसँगका तस्बिर खुबै शेयर गरिरहेकी छिन् । प्रियंका र दयाको क्रियाकलापले यी दुइको मित्रता अझै रोचक बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?