- विराटनगर बसपार्क । फाइल तस्वीर
ध्रुव भट्टराई
२० मंसिर, विराटनगर । मधेसी मोर्चाको आन्दोलनका कारण लामो समयदेखि अवरुद्ध विराटनगरको यातायात सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । तीन महिनाभन्दा धेरै समयसम्म बन्द भएको यातायात सेवा सुरु भएपछि सर्बसाधारणले राहत महसुस गरेका छन् ।
विराटनगरबाट इटहरी, धरान तथा झापा जिल्लाका सार्वजनिक बससेवा संचालनमा आएको पूर्वाञ्चल यातायात व्यवसायी संघले जनाएको छ ।
वन्दकर्ताले दशै, तिहार र छठ पर्वमा लक्षित गरी बन्द खुकुलो पारेका थिए । छठ वर्ष सकिएलगत्तै पुनः आन्दोलन कडा पारेपछि सर्बसाधारण थप समस्यामा परेका थिए ।
लामो समयपछि बस सेवा संचालनमा आएपछि आवत-जावत गर्ने यात्रुहरुको घुइँचो बढेको छ । बजारमा पनि चहलपहल बढेको छ ।
प्रतिक्रिया 4