२२ मंसिर, काठमाडौं । पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नीरिक्षण गरेका छन् । विमानस्थलको शौचालयदेखि चोटा कोठा सबै चाहारेर मन्त्रीले अवलोकन गरेका हुन् ।
निरीक्षणका क्रममा विमानस्थलमा सुधारको काम सुरु भएको मन्त्री पोखरेलले बताए । ‘यस अगाडि समान्य सुधारको कामसमेत गरिएको थिएन, अहिले सुधारको काम सुरु भएको छ’ उनले भने- ‘अब यसलाई निरन्तरता दिनुपर्छ ।’
मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय टर्मिनल भवन निरीक्षण गरे । त्रिभुवन विमानस्थल मुलुकको मुहार भएको हुँदा त्यहाँ प्रदान गरिने सेवा सुविधा र कर्मचारीको व्यवहार अन्तर्राष्ट्रिय स्तरको हुनुपर्ने उनको भनाइ छ ।
भिडियो हेर्नुस्
टर्मिनल भवनको डिपार्चर कक्षबाट प्रवेश गरेका मन्त्री पोखरेल अराइभल कक्षबाट निस्किएका थिए । उनले डिपार्चर र अराइभल कक्षको करिव दुई घण्टा अनुगमन गरे । अनुगमनका क्रममा मन्त्रीसँग प्रहरी नायव महानिरीक्षक, विमानस्थल प्रमुखलगायत उच्च अधिकारीको उपस्थिति थियो ।
मन्त्री पोखरेलले विमानस्थलमा प्रदान गरिने सबै सेवाहरु निरीक्षण गरेका थिए । अनुगमनमा केही समय अगाडि देखिएका कमी कमजोरी धेरै हदसम्म सुधार भएको उनको भनाइ छ । पत्रकारले पहिलाको तुलनामा विमानस्थलमा सुधार भएको पाउनुभयो कि भएन मन्त्री ज्यू ? भनेर गरेको प्रश्नमा उनले भने- ‘मेरो आँखामा सुधार भएको भान भयो ।’
अनुगमन सकेपछि मन्त्री पोखरेलले यात्रुले अनुभव गर्नेगरी सेवा सुविधा र सरसफाइमा सुधार गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए । विमानस्थलमा अन्य सेवा प्रदायकहरुलाई पनि अनुशासनमा रहेर विधीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।
पर्यटनमन्त्री पोख्रेलले गरेको अनुगमनका थप तस्वीर हेर्नुहोस्
तस्वीर : श्रीधर पौडेल/अनलाइनखबर
प्रतिक्रिया 4