मुम्बई । नायिका सन्नी लियोनी सलमान खानलाई भेटन जाने भएकी छिन् । सन २०११ मा पाँचौ संस्करणको ‘बिगबोस’ मा सहभागी सन्नी यसपाली आफैंले अभिनय गरेको फिल्म ‘मस्तीजादे’ प्रदर्शनका लागि सलमानलाई भेटन जाने तयारीमा जुटेकी हुन् ।
‘बिग बोस’ मा सहभागी भएकै बेला उनलाई निर्देशक महेष भट्टले हिन्दी फिल्म ‘जस्म-२’ का लागि प्रस्ताव गरेका थिए । बीग बोस मार्फत आफ्नो फिल्मको प्रचार हुनेमा उनी आशावादी छिन् ।
‘बीग बोस फिल्म प्रचारका लागि उपयुक्त माध्यम हो । मलाई लाग्छ मैले उक्त शो मा सहभागी हुने अवसर पाउने छु ।’ सन्नीले भारतीय संचारमाध्यमसँग कुरा गर्दै भनेकि छिन् ।
मस्तीजादेको अतिरिक्त वन नाईट स्ट्ण्ड र बेईमान लभ मा उनले अभिनय गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4