नेपाली चलचित्र क्षेत्रमा अहिले सिक्वेल बनाउने लहर नै चलेको छ । सफल चलचित्रको सिक्वेल बनाउँदा राम्रै कमाई हुन थालेपछि निर्माताहरु यतातर्फ अगाडि बढेका हुन् । यस्ता, चलचित्रका सिक्वेल बनाउनमा चर्चित निर्माता अगाडि छन् । तर, अधिकांश चलचित्रका सिक्वेलमा अघिल्ला चलचित्रका निर्देशक भने दोहोरिएका छैनन् ।
१. कुसुमे रुमालः गोपिकृष्ण मुभिजले चर्चित चलचित्र ‘कुसुमे रुमाल’ नै नाम राखेर अर्को चलचित्र बनायो । भूवन केसीले अभिनय गरेको सो चलचित्रको नाम सापटी लिएर फेरि बनाउँदा नायकको रुपमा निरज बराल देखिए । ‘कुसुमे रुमाल’लाई तुलसी घिमिरेले निर्देशन गरेका थिए भने पछि सोही नाममा बनेको चलचित्रलाई निरक पौडेलले निर्देशन गरे । तर, तुलसीले निर्देशन गरेको चलचित्रले व्यापारिक सफलता मात्र पाएन गोपिकृष्ण मुभिजलाई उचाइमा पुर्याइदियो । तर, निरक पौडेलले निर्देशन गरेको ‘कुसुमे रुमाल’ पूर्ण रुपमा असफल भयो ।
२. सायद २ः चलचित्र ‘सायद’को सिक्वेल निर्माणमा अहिले निर्माता सुनिल रावल लागिपरेका छन् । तर, यो चलचित्रको सिक्वेललाई नयाँ निर्देशक पुष्पराज न्यौपानेले निर्देशन गर्दैछन् । जबकी, अघिल्लो चलचित्र ‘सायद’लाई सुरज सुब्बाले निर्देशन गरेका थिए । एउटै निर्देशक लिदा चलचित्रको स्वादमा खासै फरकपन नआउने भनाई सुनिलको छ ।
३. किस्मत २ः ‘किस्मत’ जस्तो सफल चलचित्र बनाएका निर्माता छविराज ओझाले यसको सिक्वेल पनि बनाइसकेका छन् । तर, उनले यो चलचित्रको सिक्वेलमा उज्ज्वल घिमिरेलाई दोहोर्याएनन् । ‘किस्मत २’लाई निर्देशक ऋषि लामिछानेले निर्देशन गरेका छन् । यो चलचित्रको सिक्वेलमा निर्देशक मात्र होइन, कलाकार पनि दोहोरिएका छैनन् ।
४.होस्टेल रिटन्र्सः ‘होस्टेल’ जस्तो सफल चलचित्र बनाएका निर्देशक हेमराज वीसी ‘ होस्टेल रिटन्र्स’मा दोहोरिएनन् । निर्माता सुनिल रावलले यो चलचित्रको सिक्वेलमा सुरज भुषाललाई लिएर चलचित्र निर्माण गरे । दुबै चलचित्रले राम्रो व्यापार गरे ।
५.आगो २ः तत्कालिन नेकपा माओवादीको जनयुद्ध कालमा बनेको चलचित्र ‘आगो’लाई नारायण पुरीले निर्देशन गरेका थिए । यो चलचित्रले व्यापारिक रुपमा कमाल नै गर्यो । तर, निर्माता किसान पोख्रेलले एक बर्ष अगाडि यसको सिक्वेल बनाए । कलाकारको रुपमा सुशिल क्षेत्रीलाई नै लिएपनि निर्देशन भने मदन घिमिरेले गरे । तर, यसको सिक्वेल पूर्ण रुपमा असफल भयो ।
६. नाई नभन्नु ल ४ः ‘नाई नभन्नु ल, नाई नभन्नु ल २’ निर्देशन गरेपछि निर्देशक विकास आचार्यले ‘नाई नभन्नु ल ३’मा मुष्कान ढकाललाई निर्देशनको अवसर दिए । तर, उनले ‘नाई नभन्नु ल ४’मा मुष्कानलाई दोहोर्याएनन्, आफै चलचित्रको निर्देशन गरे ।
७. ए मेरो हजुर २ः चलचित्र ‘ए मेरो हजुर’लाई शिव रेग्मीले निर्देशन गरेका थिए । सुनिल कुमार थापाको निर्माणमा तयार भएको यो चलचित्रले निर्मातालाई राम्रो रकम फिर्ता गरिदिएको थियो । अब, यो चलचित्रको सिक्वेल बन्दैछ । जसलाई झरना थापाले निर्देशन गर्दैछिन् ।
नेपाली चलचित्रका निर्माता अहिले नयाँ नाम खोज्न भन्दा पनि पुरानाको सिक्वेल बनाउन लागिपरेका छन् । केहीले सिक्वेलमा पनि एउटै निर्देशक लिएर काम गरिरहेका छन् ।
प्रतिक्रिया 4