बलिउडकी चर्चित नायिका रानी मुखर्जीले छोरीलाई जन्म दिएकी छिन् । रानीले मुम्बइको क्यान्डी हस्पिटलमा आज बिहान छोरीलाई जन्म दिएकी हुन् । छोरी नाम पनि राखिसकिएको छ । रानीले यसैबर्ष निर्माता आदित्य चोपडासँग बिहे गरेकी थिइन् । दुइको लामो समयदेखि प्रेम चल्दै आएको थियो ।
छोरी जन्मे लगतै चोपडा परिवारले विज्ञप्ती जारी गर्दै सबैलाई धन्यवाद दिएको छ । विज्ञप्तीमा भनिएको छ-‘ म मेरा सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु । आज जीवनमा भगवानले अदिरालाई उपहार स्वरुप पठाउनु भएको छ । हामीलाई आर्शिवाद दिने फ्यान र शुभचिन्तकलाई विशेष धन्यवाद ।
हाम्रो जीवनमा नयाँ खुशीको सुरुवात भएको छ ।’ बलिउडका कलाकार ऋषि कपुरले पहिलो वधाई दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4