+
+

बाटोमा भेटिएका भगवान

दिदी यो झोला म बोकि दिउँ ?
कसैले मेरो पछाडिबाट झोला बोक्ने अनुमति मागिरहेको थियो । मैले पछाडि फर्केर हेरें कानमा कुण्डल लगाएको करिब २० वर्ष जतिको केटाले मेरो झोला बोक्न खोजिरहेको थियो ।

मैले ठाडै इन्कार गरिदिएँ । मेरा लागि नारायणघाट नौलो ठाउँ थियो । त्यसमा पनि बसपार्कमा चोर फटाहा पनि धेरै हुन्छन् भन्ने सुनेकी थिएँ अनि कानमा कुण्डल लगाएको त्यो केटाको कुरा मैले इन्कार गरें ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २९ गते ११:२१

पूजा ढकाल बराल

स्थान – नारायणगढको पोखरा बसपार्क
मिति-२०७२/मंसिर २३

Pooja--Baralदिदी यो झोला म बोकि दिउँ ?
कसैले मेरो पछाडिबाट झोला बोक्ने अनुमति मागिरहेको थियो । मैले पछाडि फर्केर हेरें कानमा कुण्डल लगाएको करिब २० वर्ष जतिको केटाले मेरो झोला बोक्न खोजिरहेको थियो ।

मैले ठाडै इन्कार गरिदिएँ । मेरा लागि नारायणघाट नौलो ठाउँ थियो । त्यसमा पनि बसपार्कमा चोर फटाहा पनि धेरै हुन्छन् भन्ने सुनेकी थिएँ अनि कानमा कुण्डल लगाएको त्यो केटाको कुरा मैले इन्कार गरें ।

नारायणघाटको पोखरा बसपार्क निकै अस्तव्यस्त त्यसमा पनि देवघाट जाने गाडी निकैबेर कुर्नुपर्दो रहेछ ।

हामीले २५ रुपैयाको टिकट काटिसकेका थियौ । गाडी १० मिनेट भित्र आइपुग्छ भन्दै टिकेट काट्ने मानिसले हामीलाई जानकारी गराएको थियो ।

मेरो झोला बोक्न खोज्ने त्यो मुन्द्रे अर्की एकजना बुढी हजुरआमा सँग कुरा गर्दै थियो मलाई संका लागिरहेको थियो ।

आज यो मुन्द्रेले ति बुढी आमालाई सबै लुट्ने भयो भन्ने लागिरहेको थियो मेरो आँखा र मन त्यहि मुन्द्रे पट्टी थियो एकछिन पछि ति हजुरआमालाई पनि छोडेर त्यो मुन्द्रे अरु तिरै गएछ ।

मलाई त्यो केटा पकेटमार यात अरु नै राम्रो नियत नभएको मानिस जस्तो लागिरहेको थियो ।

एकैछिन पछि भरिएको गाडी पोखरा बसपार्कमा आइपुग्यो गाडी निकै भिड थियो । गाडीबाट सबै मानिस ओर्लिए मानिसहरु ओर्लिन नपाउदै चढ्ने मानिसहरु तछाड मछाड गर्दै झ्यालबाट आफ्नो झोला राखेर सिट सुरक्षित गर्दै थिए मैले पनि मेरो झोलाझ्यालबाट नै भित्र हालेर सुरक्षित गरे ।

गाडीबाट सबै मान्छे झरे पछि बाहिरका मान्छे चढ्न सुरुगरे मानिसहरु तछाड मछाड गर्दै थिए ।

गाडीमा चड्ने प्रायः मानिसको उमेर ५० भन्दा माथि थियो । त्यसमा पनि प्रायः मानिसहरु भोलिपल्ट बालाचतुर्दशी भएकोले सत्बीज छर्न देवघाट जाँदै थिए । त्यस गाडीमा नाबालक बाहेक सबै भन्दा कम उमेर कि सायद म नै थिँए होला ।

गाडी निकै प्याक भयो धेरै जनाबृद्ध-बृद्धाहरु उभिएका थिए । मेरो सिट झ्यालतिर थियो । म सिटमा बसेकी थिए तर निकै उमेर खाएका हजुरबा मेरो नजिक उभिएको देखेर मलाई सिटमा बस्न मन लागेन मैले सिट छाडेर तिनै बृद्ध बालाई बस्न अनुरोध गरे, बा निकै खुसी हुँदै बस्नु भयो । मलाई पनि सहयोग गर्न पाएकोमा खुसी लागेको थियो ।

मेरो आँखा गाडीको बाहिरपटि गयो । मेरो झोला बोक्न खोज्ने केटा यात्रुहरुको झोला गाडीमा हाल्नलाई सहयोग गरिरहेको थियो ।

मलाई त्यो केटा पटक्कै ठीक लागेको थिएन पातलो शरीर भएको चुस्स बोकेदारी पालेको हेर्दा जिङ्गि्रंग परेको कुनै पनि एङ्गलबाट मैले उस्लाई राम्रो मान्न सकिन ।

फेरी सोचे ‘हृयाकिन अरुको बारेमा चासो राख्ने ।’ एकछिन पछि बस पुरा प्याक भयो । गाडी हिड्न सुरु गर्यो । गाडी भित्र मात्र नभएर गाडीको छतमा समेत मानिसहरु खचाखच थिए ।

पोखरा बसपार्कबाट गाडी उत्तरतिर अगाडी बढ्यो गाडी जंगलभित्रको बाटोबाट अगाडी बढ्यो ।

गाडीको अघिल्लो भागतिर त्यही बोके दाह्री पालेको केटो एकजना महिलासँग हाँसीहाँसी कुरा गर्दै थियो । मलाई निकै रिस उठेर आयो कस्तो लाज पचेको होला भन्दै अर्को तिर फर्किएँ । फेरी मेरो आँखात्यहि केटा तिर गयो अहिले त उ फेरी कसैको बच्चा बोकेर उभिइरहेको थियो । मलाई मन मनै रिस उठ्यो अनि कताकता हाँस पनि उठ्यो ।

गाडी पन्ध्र बीस मिनेटमा नै देवघाट पुग्यो । सबै जना यात्रु गाडीबाट ओर्लिए । मेरो पहिलो पटक देवघाटको यात्रा भएकोले कहाँजाने हो भन्ने राम्रो ज्ञान थिएन । मैले एकजना बटुवासँग सोधेँ- ‘दाइ मन्दिर जाने बाटो कता हो ?’ तर त्यो मानिसले जवाफ दिनु भन्दा अगाडी नै बोके दाह्रीवाला केटाले जवाफदियो-‘ल हिड्नुहोस म देखाई दिन्छु ।’

उसको हातमा ३/४ वटा झोला थियो । म अचम्ममा परे यो मानिस को होला के खोज्दै छ भन्ने शंका उपशंका ले मेरो मन घेरिरहृयो ।

उ अगाडी लाग्यो । उसका पछि पछि २/३ जना बृद्धहरु पनि लागे । म पनि उनीहरुसँगै सारमा सार मिलाउन थाले ।

सबैजना झोलुंगे पुलको बाटो हुदै अगाडी बढे करिब दश पन्ध्र मिनेट उकालो ओरालो यात्रा पछि हामी कालीगण्डकी र त्रिशुलीको दोभानमा आइपुग्यौँ । त्यहाँ मानिसहरुको घुइँचो लागेको थियो । कारण सत्बीज छर्ने अघिल्लो दिन भएकाले रहेछ । मानिसले आफ्ना दिबंगत आमाबुवाको सम्झनामा सत्बीज छर्ने गर्दा रहेछन । मानिसहरुको निकै घुइँचो लागेको थियो । दुइ नदीको दोभानमा नुहाउने मानिसहरुको ठुलो भिड थियो ।

मलाई काठमाडौँ त्यही दिन आउनु पर्ने भएकोले करिब आधा घण्टाको घुमाई पछि अघिकै बाटो फकिएँ । बाटोमा आउँदा त्यहीँ बोके दारी पाल्ने केटालाइ देख्नु पर्यो । उसले यसपटक भने भाडा वर्तन भुइँमा ओछ्याउने कपडा इत्यादी निकै ठुलो भारी बोकेर आउदै थियो । उसका पछाडी दुइतीन जना बृद्धबृद्धाहरु पनि हँसिलो मुद्रामा आउँदै थिए ।

ति बृद्धहरुको कुम्लो कुटुरो त्यही बोकेदाह्री पाल्ने केटाले बोकेको थियो । अब मेरो मन मात्यो केटो प्रति रिस भन्दा बढी उत्सुकता जागेर आयो । मलाई उसको बारेमा जान्न मन लाग्यो तर नौलो ठाउँमा यो सम्भब थिएन । मैले कसैसंग पनि सोध्ने आट गरिन ।

दिउसोको करिब तीन बजिसकेको थियो । झोलुंगे पुलपुग्ने बेलामामा एउटा पसलमा चिया खाएर जाने विचार गरे । चियासँग सेल पनि मगाए । भित्र दुइ जना महिलाहरु गानगुन गर्दै थिए । सुरुमा त मलाई खासै वास्ता लागेन तर क्रमश ठुलो स्वरमा बोल्न थाले पछी उनीहरुका कुरा सुन्न मन नलागे पनि सुन्नैपर्यो ।

खासमा तिनीहरु त्यही बोकेदाह्री पाल्ने केटाको कुरा गरेरहेका रहेछन । मनिकै उत्साहित भएँ र निकै चाखदिएर सुने । त्यो केटा हेर्दा उसको लुवाईखुवाई जस्तो थियो उसको व्यवहार त्यस्तो थिएन । नारायणगढ बजारमा गाडीको टिकेट काट्ने कामगर्दो रहेछ । उसका बाबु आमा पहिले नै बिती सकेका रहेछन् । उसको बस्ने हिड्ने खाने कुनै ठेगान रहेनछ ।

घर ठेगानन नभएको भए पनि प्रत्येक वर्ष बाला चतुर्दशीको दिन देबघाटमा यसरी नै आउँदो रहेछ अनि यसरी नै देवघाटमा आउने भक्तजनहरुको सेवा गर्दो रहेछ । म तिनीहरुको कुरा सुनेर आश्चर्य चकित भए ।

अनि मलाई आफूले यात्रा अबधि भर कसैलाई पनि सहयोग गर्न नसकेकोमा भने निकै पश्चाताप लाग्यो ।

मानिसको भित्रिआत्मा कस्तो छ भन्ने कुरा उसको लवाई खुवाई अनुहारबाट छुट्याउन नसकिने रहेछ । हेर्दा खराब जस्तो देखिए पनि उसको आत्मा यति कोमल रहेछ जो मैले कल्पना पनि गरेको थिइन ।

आज धार्मिक आस्थाको कारणले मानवता जीवितै रहेको महसुस उक्त व्यक्तिको व्यवहार बाट भयो ।

हामीले भगवान भेट्न मन्दिर पुग्नु पर्दैन । मन्दिर जाने बाटोमा नै भगवान भेटिने रहेछ । तर हामीले त्यसलाई चिन्नसक्नु पर्छ । मैले देबघाटमा मन्दिर भित्रमुर्ति भेटे तर भगवान भने नारायणगढ बसपार्कदेखि नदीको दोभानको बाटोमा कहिले झोला बोकेको त कहिले नानी बोकेको अनि कहिले बुढाबुढीहरुलाई सेवागर्दै हिँडेको त्यही बोकेदाह्रीमा भेटे ।

मैले भगवान मन्दिरमा होइन त्यहि बोकेदाह्री पाल्ने दुब्लो केटोको व्यवहारमा पाएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?