१ पुस, काठमाडौं । कलर्स मोबाइलले अहिलेसम्मकै राम्रो प्रिमियम स्मार्टफोन ‘पर्ल ब्ल्याक के-३’ बजारमा ल्याउने भएको छ । अत्याधुनिक प्रविधि र परिस्कृत स्टाइल भएको उच्चस्तरीय मोडल आएपछि नेपाली ग्याजेट क्षेत्रमा नयाँ आयम थप्ने कम्पनीको दाबी छ ।
‘पर्ल ब्ल्याक के-३’ आकर्षक स्लिम डिजाइनमा रहेको छ । साथै, यसमा रहेको इनबुइल्ट माक्सवासले वास फि्रक्वेन्सी दायरामा २०० प्रतिशत पर्फमेन्स बढाउन मद्दत गर्छ ।
स्मार्टफोनमा ३२ जीबी रोम र ३ जीबी र्याम, लोलिपप ५.१ अपरेटिङ सिष्टम, १.३ गीगाहर्ज क्वाडकोर प्रोसेसर, ५ इञ्चको आइपीएस डिस्प्ले लगायतका विेशषता रहेका छन् ।
स्मार्टफोनमा क्यामेरालाई विशेष ध्यान दिइएको छ । स्मार्टफोनको पछाडि १३ मेगापिक्सेल र अगाडि ८ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । जसले गर्दा मोबाइलबाट सुन्दर तस्वीर भिडियो कैद गर्न सकिने छ ।
पछिल्लो समय बढेको सेल्फी क्रेजलाई ध्यान दिँदै अगाडिको क्यामेरा ८ मेगापिक्सेल राखिएको हो । स्मार्टफोनबाट उत्कृष्ट सेल्फी फोटो खिच्न सकिने छ । स्मार्टफोनमा २३५० एमएएच क्षमताको लि-इओन ब्याट्री रहेको छ ।
नेपालमा कलर्स मोबाइल टेलिटक प्रालीले २००९ देखि बिक्री वितरण गर्दै आएको छ । नेपालमा कलर्स मोबाइल निकै लोकपि्रय रहेको छ ।
प्रतिक्रिया 4