९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । केही साना दललाई समेटेर ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।
स्रोतका अनुसार चार साना दलका चार मन्त्री थपिँदैछ भने एमालेबाट पनि नयाँ मन्त्री थपिने सम्भावना छ । स्रोतले भन्यो, साँझ ५ बजे सपथको तयारी भइरहेको छ । हामीलाई तयार हुन भनिएको छ ।
स्रोतका अनुसार राप्रपाबाट दीपक बोहोरा मन्त्री हुने भएका छन् । परिवार दलबाट एकनाथ ढकाल, प्रेमबहादुर सिंह र शिवलाल थापा पनि मन्त्री हुने पक्का भएको छ ।
स्रोतले भन्यो,-‘मन्त्रालयको टुंगो लागेको छैन । तर, साँझ सपथ हुने तय भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4