+
+

साना दलबाट चारमन्त्री थपिए, राज्यमन्त्रीको सपथ रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ९ गते १७:३२

New-Ministers of Oli Cabinet

९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना दलहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका छन् । यससँगै मन्त्रिपरिषद ३४ सदस्यीय भएको छ ।

राप्रपाबाट दीपक बोहोरा, नेपाल परिवार दलबाट एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह मन्त्री बनेका छन् ।

बोहोराले श्रम तथा रोजगार, थापाले विज्ञान तथा प्रविधि र सिंहले सरसफाइ तथा खोनपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । ढकालको भने मन्त्रालय टुंगो लाग्न बाँकी छ ।

New-Minister-Sapath

राष्ट्रपति विद्या भण्डारीले शीतलनिवासमा विहीबार साँझ मन्त्रीहरुलाई सपथ गराएकी छन् । सपथ समारोहमा प्रधानमन्त्री केपी ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ लगायतको सहभागिता थियो ।

राज्यमन्त्रीको सपथ रोकियो

एमालेबाट चार राज्यमन्त्रीलाई समेत सपथ गराउने प्रधानमन्त्री ओलीको तयारी भने अन्तिम समयमा रोकिएको छ ।

राज्यमन्त्रीका लागि एमालेबाट दामोदर भण्डारी, मञ्जु चौधरी, दिनेशचन्द्र यादव र गोपालबहादुर महतको नाम तय भएको थियो । तर, नरदेवी पुन, दिपनारायण साहको समेत नाम आएपछि विवाद भएका कारण राज्यमन्त्रीहरुको सपथ रोकिएको हो ।

रोकिएको सपथ शुक्रबार हुने प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरलाई बतायो ।

New-Minister-650
बिहीबार थपिएका चार मन्त्रीहरू सामुहिक तस्वीर खिचाउँदै ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?