९ पुस, विराटनगर । मधेसी मोर्चाले मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीले अवरोध गरेपछि मोर्चाका कार्यकर्ता र प्रहरीबीच बिहीबार साँझ विराटनगरको महावीरचोकमा झडप भएको छ ।
झडपको तस्विर खिच्ने क्रममा प्रहरीको लाठी प्रहारबाट कान्तिपुरका समाचारदाता अवधेशकुमार झा घाइते भएका छन् । घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी उपरीक्षक प्रमोद खरेलले दोहोरो झडपको क्रममा पत्रकार झालाई चोट लागेको पुष्टि गर्दै यसविषयमा थप जानकारी लिने कार्य भइरहेको बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4