+
+

कर्मचारीहरुलाई गुगल ट्रान्सलेट प्रयोग गर्न प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १४ गते १०:३३

Google-Translate
भलै पूरै भर पर्न नसकिएला तर अप्ठेरो शव्द, वाक्यांश तथा वाक्यहरु एक भाषाबाट अर्को भाषामा अनुवाद गर्नका लागि गुगलको भाषा अनुवाद टूल गुगल ट्रान्सलेटको प्रयोग अधिकांसले गर्दछन् । तर अब भारतको महाराष्ट्रमा भने सरकारी कामकाजको सिलसिलामा कर्मचारीहरुले गुगल ट्रान्सलेटको प्रयोग गर्न नपाउने भएका छन् ।

महाराष्ट्र सरकारले आफ्ना अधिकारीहरु तथा कर्मचारीहरुलाई गुगल ट्रान्सलेट प्रयोगमा रोक लगाएको हो । सरकारले आधिकारिक सूचना जारी गर्दै भनेको छ की सरकारी कागजातको अनुवाद अन्य भाषाहरुमा गर्नका लागि गुगल ट्रान्सलेटको प्रयोग नगर्नुहोला ।

खासमा गत २७ अगष्टमा जारी एक सरकारी सर्कुलरलाई कर्मचारीहरुले गुगलबाट अनुवाद गरेका थिए । यसरी गुगलबाट अनुवाद गर्दा त्यो परिपत्रको आशय तथा अर्थ नै फरक परेको थियो । सोही कारण बुझाइमा फरक पर्दा सरकार निकै आलोचित बन्न पुगेको थियो । सोही कुराबाट सबक सिक्दै राज्यको सूचनाप्रविधि विभागले सरकारी रिजोलुसन जिआर जारी गर्दै सरकारी विभागहरुमा गुगल ट्रान्सलेटको प्रयोग नगर्न निर्देशन दिएको हो ।

यो निर्देशनमा लेखिएको छ: सरकारको आधिकारिक वेबसाइटबाट डाउनलोड गरिएका सर्कुलर तथा जिआरका लागि सम्बनिधत व्यक्तिलाई नै जिम्मेवार मानिनेछ । सम्बन्धित अधिकारीहरुले सरकारी कागजात अनुवाद गर्दा निकै सावधानी अपनाउनुपर्ने र सरकारी वेबसाइटमा कागजात अपलोड गर्नुभन्दा पहिले माथिल्लो अधिकारीबाट परीक्षण गराउनुपर्ने पनि निर्देशनमा उल्लेख छ ।

स्मरण रहोस् गुगल ट्रानसलेट टूल विश्वभर नै प्रयोगमा छ तर कहिलेकाहीँयसले बडो अनौठो अनुवाद गरिदिन्छ । यसले शव्दको जस्ताको तस्तै अनुवाद अर्थात् शाव्दिक अर्थमा अनुवादा गरिदिन्छ जसका कारण वाक्यको भाव नै बदलिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?