गौतम श्रेष्ठ
२८ पुस, रौतहट । विगत केही दिन यता मौसममा आएको परिवर्तन संगै रौतहटमा चिसो बढेको छ । बिहानदेखि शुरु हुने शितलहरले गर्दा जनजिवन कष्टकर बन्न थालेको छ । दिनभरी जसो लाग्ने कुहीरोसँगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको छ भने जनजीवन प्रभावित भएको छ ।
कुहिरो र शितसँगै चल्ने चिसो पश्चिमी हावाका कारण जनजिवन प्रभावित बनेको हो । बिहानैदेखि कुहिरोले घेरिए पछि यहाँकोे जनजिवन पनि चिसोसँगै सुस्त हुदै गएको छ । बजार तथा सडकहरुमा अति आवश्यक काम बाहेक अरु बेला मानिस हिडन चाहिरहेका छैनन । अन्य दिन बिहानै खुल्ने व्यापारीक पसलहरु ढिलो गरि खुलिरहेका छन । साझ पख पनि चिसो झनै बढने गरे बजारहरु समसाझै सुनसान हुन थालेका छन ।
चिसोले सबै भन्दा बढी बालक र वृद्धलाई असर पारेको छ । आन्दोलनरत मधेसी मोर्चाका कारण बिहानबाट शुरु हुने विद्यालयमा पनि विद्यार्थी जान सकिरहेका छैनन । बिहान १० बजे सम्म पनि बाक्लो हुस्सुका कारण हिडन समस्या भए पछि टाढा तथा ग्रामिण भेगका विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका हुन ।
अत्याधिक चिसो र अध्यारोका कारण विद्यालयमा बिहानी समयमा पठन पाठन संचालन गर्न निकै समस्या भएको विद्यालय संचालकहरुले बताएका छन ।
यसै गरी पुराना दमका रोगी, उच्चरक्तचाप भएका वृद्ध वृद्धाहरुलाई चिसोले थप समस्यामा पारेको छ । जिल्ला अस्पताल गौरमा पनि चिसोका कारण बिरामी भएकाहरुको संख्या बढेको अस्पताल ले जनाएको छ ।
बाक्लो हुस्सु र शीतका कारण पूर्व पश्चीम राजमार्गको यातायात पनि प्रभावित भएको छ । कठ्याग्रिँदो चिसोसंगै बाक्लो हुस्सु लाग्नाले सवारी साधानको आवागमनमा असर पुगेको हो । बाक्लो हुस्सुले गर्दा भिजिविलिटी कम हुदा सवारी साधनहरु कम गतिमा बत्ती बालेर गुडिरहेका छन । विमिन्न स्थानमा ट्राफिक प्रहरीले पनि कम गतिमा सवारी साधन गुडाउन निर्देशन दिदै आएको छ ।
प्रतिक्रिया 4