+

नवयुग श्रेष्ठ बङ्गवन्धु कपमा उत्कृष्ट खेलाडी घोषित

२०७२ माघ  ८ गते १९:०७ २०७२ माघ ८ गते १९:०७
नवयुग श्रेष्ठ बङ्गवन्धु कपमा उत्कृष्ट खेलाडी घोषित

Nabayug Shrestha

८ माघ, काठमाडौं । नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ बंगलादेशमा सम्पन्न बङ्गवन्धु गोल्डकप फुटबलका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाललाई २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि दिलाउने क्रममा नवयुगको प्रदर्शन उत्कृष्ट रहृयो । उनी प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर घोषित भए । साथै उनी टप स्कोरर समेत बनेका छन् ।

सेमिफाइनलमा माल्दिभ्सविरुद्ध हृयाटि्रक गरेका नवयुगले फाइनलमा समेत एक गोल गरेका थिए । प्रतियागितामा उनले कुल चार गोल गरेका थिए ।

नेपालका विमल घर्ती मगर म्यान अफ दि फाइनल घोषित भए । फाइनलमा बहराइनविरुद्ध पहिलो गोल उनले नै गरेका हुन् । यो प्रतियोगितामा उनले कुल दुई गोल गरे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय