१४ माघ, काठमाडौं । पर्यटन मन्त्रालयले अहिलेको विषम परिस्थितिमा हवाई सेवालाई प्रभावकारी बनाउन सरोकारावालासँग छलफल गरेको छ । छलफलमा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, वायुसेवा कम्पनी सञ्चालक, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतको सहभागिता रहेको थियो ।
बैठकमा वायुसेवा सञ्चालक वा कुनै कम्पनीले अहिलेको अप्ठ्यारो परिस्थितिमा हवाई इन्धन विदेशबाट सिधै ल्याउन चाहेमा नेपाल आयल निगमले सहयोग गर्नुपर्ने र बायुसेवा कम्पनीले इन्धन आपूर्तिका लागि बैंकमा पहिले ग्यारेन्टी राख्नुपर्ने विषयमा पुनरावलोकन गर्ने विषयमा छलफल भयो ।
पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले विद्यमान अवस्थामा हवाई इन्धनको भाडा नबढाउन आयल निगम तथा सरोकारवाला पक्षलाई आग्रह गरे ।
आपूर्तिमन्त्री गणेशमान पुनले छलफल भएका कुराहरु सक्नेजति आफै व्यवस्थापन गर्न र व्यवस्थापनले नसक्ने निर्णयहरु सञ्चालक समितिको बैठकमा कार्यसूची बनाएर पेश गर्न आयल निगमलाई निर्देशन दिए । हवाई इन्धनको स्वचालित मूल्य निर्धारण गर्न आपूर्ति मन्त्रालय र नेपाल आयल निगम दुवै सकरात्मक रहेका छन् ।
प्रतिक्रिया 4