+

विश्व तेक्वान्दोका अध्यक्ष नेपाल आउने

२०७२ माघ  १४ गते २०:३७ २०७२ माघ १४ गते २०:३७
विश्व तेक्वान्दोका अध्यक्ष नेपाल आउने

१४ माघ, काठमाडौं । विश्व तेक्वान्दो महासंघका अध्यक्ष डा. छुङवोन छोको नेतृत्वमा १३ सदस्यीय तेक्वान्दो टोली शुक्रबार नेपाल आउँदैछ ।

छोसहित अफ्रिकन तेक्वान्दो युनियनका अध्यक्ष अहमद एल फोली, युरोपियन तेक्वान्दो युनियनका अध्यक्ष अत्हानासियोस प्रागालोस, ओसिएना तेक्वान्दो युनियनका अध्यक्ष जोन कोत्सीफास, एसियाली तेक्वान्दो युनियनका अध्यक्ष क्यु सियोक लि, तेक्वान्दो महासंघका डाइरेक्टर जेनरल रोजर पियारुली, तेक्वान्दो महासंघका सल्लाहकार चाङ सिन चोइसहितको १३ सदस्यीय टोली नेपाल आउन लागेको हो ।

उक्त टोलीले सिन्धुपाल्चोकका भूकम्प पीडितलाई राहत वितरण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै पोखरामा हाइ अल्टीच्यूटमा हुने पुम्से प्रतियोगिताको स्थलगत निरीक्षण गर्ने नेपाल तेक्वान्दो संघका सदस्य दीपक विष्टले जनाएका छन् ।

उनीहरुले राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरूसँग भेट गर्ने कार्यक्रमछ । टोली कोरियन एयरबाट शुक्रबार २ः४० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय