+
+

हिमाल आरोहणको कथाः कुन हिमालमा कति मानिस चढे ?

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १३ गते १०:४९

sagarmatha-1

१३ चैत, काठमाडौं । विश्वसामु नेपाल सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिन्छ । सगरमाथासहित नेपालमा गगनचुम्बी हिमालहरु प्रशस्तै छन् । यहाँ ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमाल छन् ।

नेपाली पर्यटनको प्रमुख आधार बनेका छन्, गगनचुम्बी हिमाल । वर्षेनी हजारौं विदेशी पर्यटक हिमाल आरोहण गर्न नेपाल आउँछन् । हिमालको पर्यटन बेचेर नेपालले विदेशी मुद्रा आर्जन गरिरहेको छ । सेताम्मे हिमाल आरोहणका लागि मात्रै होइन, हेरेरै मनोरञ्जन गर्नका लागि पनि पर्यटक आउने गरेका छन् ।

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्र वर्षेनी ३ सयभन्दा बढी स्वदेशी विदेशी आरोहीहरु जाने गर्छन् । अन्य हिमालहरु आरोहण गर्ने आरोहीको संख्या पनि उत्तिकै  हुने गर्छ । नेपालमा रहेका साना ठूला हिमालहरुमध्ये ३१० हिमाल आरोहणका लागि खुल्ला गरिएका छन् ।

सरकारले ७१ वटा हिमाल आरोहणका लागि रोक लगाएको छ । स्वीकृति नदिइएका १०४ वटा हिमालहरु छिट्टै आरोहणका लागि खुल्ला गर्ने योजनामा सरकार छ ।

नेपालमा सगरमाथाबाट हिमाल आरोहणको इतिहास सुरु हुन्छ । विश्वकै अग्लो ८ हजार ८ सय ४८ मिटरको सगरमाथा आरोहणका लागि सन् १९२२ पहिलो पटक ७ जना शेर्पा त्यसतर्फ लागे । दूर्भाग्य भन्नुपर्छ, ती सवै आरोही दुर्घटनामा परेर मरे ।

sagarmatha

सगरमाथा (८,८८४ मिटर)

सगरमाथाको सफल आरोहण सन् १९५३ मे २९ मा नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्यान्डका सर एडमण्ड हिलारीले गरेका हुन् । यो आरोहणसँगै नेपालमा व्यवसायीक रुपमा हिमाल आरोहण सुरु भयो ।

सन् २०१३ सम्म आइपुग्दा सगरमाथा अरोहण गर्ने महिलाको संख्या २७८ पुगिसकेको छ भने पुरुषको संख्या ४ हजार ४ सय २२ पुगेका छ । सन् २०१४ मा सगरमाथामा गएको हिमपहिरोमा परेर शेर्पाहरुको ज्यान जाँदा शेर्पा गाइडहरु आन्दोलनमा उत्रिएपछि आरोहण रोकिएको थियो । त्यो समयमा ३ जनाले मात्र सगरमाथा आरोहण गरेका थिए ।

सन् २०१५ मा विनाशकारी भूकम्प र त्यसको पराकम्पनका कारण हिमाल आरोहण रोकियो । यो वर्ष एक जनाले पनि सगरमाथा आरोहण गर्न सकेनन् ।

यालुङ खाङ (८,५०५ मिटर)

यो हिमालको सफल आरोहण १९७० को दशकमा भएको हो । सन् १९७३ मे १४ मा दुई जना जापानी नागरिक उतका अगेटा र Takao Matsuda  ले पहिलो पटक यालुङ खाङ हिमाल सफल आरोहण गरेका थिए ।

सन् २०१३ सम्म आइपुग्दा यालुङ खाङ हिमाल आरोहण गर्ने आरोहीको संख्या ५३ पुगेको छ । यो हिमाल अन्य हिमालहरुको तुलनामा अप्ठ्यारो भएको हुँदा थोरैमात्र आरोहीले आरोहण गरेका हुन् ।

चो-यु (८,२०१ मिटर)

यो हिमाल १९८४ फेबुअरी १२ तारिखमा पोल्यान्डका दुई नागरिक Maciej Berbeka and Maciej Pawlikowski ले पहिलो पटक आरोहण गरेका हुन् । चो-यु हिमाल आरोहण गर्ने आरोहीको संख्या सन् २०१३ सम्म १४ पुगेको छ ।

धौलागिरी (८,१६७ मिटर)

Manaslu Region 2

 

धौलागिरी हिमाल सन् १९६० मे १३ तारिखमा स्वीट्जरल्यान्डका नागरिक Ernest Forrer  ले पहिलो पटक सफल आरोहण गरेका हुन् । धौलागिरी हिमाल सन् २०१३ सम्म ४५१ जनाले सफल आरोहण गरिसकेका छन् ।

मनास्लु (८,१६३ मिटर)

मनास्लु हिमाल सन् १९५६ मे ९ तारिखमा जापानीज र भारतीय नागरिक Toshio Imanishi and Gyaltsen Norbu Sherpa ले पहिलो पटक आरोहण गरेका थिए । सन् २०१३ सम्म यो हिमाल ९५६  जनाले आरोहण गरिसकेका छन् ।

अन्नपूर्ण-१ (८,०९१ मिटर)

यो हिमाल सन् १९५० जुन ३ तारिखमा फ्रान्सका दुई जना नागरिक Maurice Herzog and Louis Lachenal लिे पहिलो पटक सफल आरोहण गरेका हुन् । यो हिमाल सन् २०१३ सम्म २२२ जनाले सफल आरोहण गरिसकेका छन् ।

मकालु (८,४६३ मिटर)

मकालु हिमालमा सन् १९५५ मे १५ तारिखमा फ्रान्सकै नागरिकले पहिलो पटक सफल आरोहण गरेका थिए । फ्रान्सैली दुई नागरिक Jean Couzy and Lionel Terray ले पहिलो पटक आरोहण गरेका हुन् । सन् २०१३ सम्म यो हिमाल ३८३ जनाले सफल आरोहण गरिसकेका छन् ।

sagarmatha-7

 

लोत्से (८,५१६ मिटर)

लोत्से हिमाल सन् १९५६ मे १८ मा स्वीट्जरल्याण्डका दुई नागरिक Ernst Reiss and “ritz Luchsinger  ले पहिलो पटक आरोहण गरेका हुन् । यो हिमाल सन् २०१३ सम्म आइपुग्दा ५५५ जनाले आरोहण गरेका छन् ।

कञ्चनजंघा (८,५८६ मिटर)

यो हिमालमा सन् १९५५ मे २५ मा यूकेका दुई नागरिक George Christopher Band and Joe Brown ले पहिलो पटक आरोहण गरेका थिए । सन् २०१३ सम्म यो हिमाल ३११ जनाले आरोहण गरिसकेका छन् ।

माथि ८ हजार मिटर अग्ला हिमाल आरोहणको मात्र तथ्यांक प्रस्तुत गरिएको छ । ८ हजार मिटरभन्दा होचा हिमालहरु आरोहण गर्नेको संख्या योभन्दा बढी छ । साहिसक मानिसहरु अग्ला हिमाल आरोहण गर्दै आएका छन् भने कम आँट हुनेहरुले सानै भए पनि हिमाल चढेर चित्त बुझाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?