+

बंगलादेश ७० मा अलआउट, न्यूजिल्याण्डको चौथो जित

२०७२ चैत  १३ गते १८:४३ २०७२ चैत १३ गते १८:४३
बंगलादेश ७० मा अलआउट, न्यूजिल्याण्डको चौथो जित

Kane-Williamson

१३ चैत, काठमाडौं । बंगलादेशलाई ७५ रनले टी-२० विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले लगातार चौथो जित हात पारेको छ । यो जितसँगै न्यूजिल्याण्ड समूह विजेता बनेको छ भने बंगलादेशले सुपर टेनमा सबै खेल गुमाएको छ ।

कोलकत्तामा पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनायो । मुस्तिफिजुर रहमानले ५ विकेट लिएपछि न्यूजिल्याण्डको पारी धमराएको थियो । तर, केन विलियम्सनले ४२ रन जोडे भने कोलिन मुन्रोले २८ र रोज टेलरले २८ रन जोड्दै टिमको सम्मानजक स्कोर बनाए ।

रहमानले ४ ओभरमा २२ रन दिएर ५ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको बंगलादेश १५.४ ओभरमा ७० रन जोड्दा अलआउट भयो । टी-२० विश्वकपमा बंगलादेशको यो अहिलेसम्मकै कम स्कोर हो । उसका लागि शुभागताले १६, सविर रहमानले १२ र मोहम्मद मिथुनले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक समेत जोड्न सकेनन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय