+

टी-२० विश्वकपः भारत र अष्ट्रेलियाबीचको निर्णायक खेलमा कसको पल्ला भारी ?

२०७२ चैत  १४ गते ११:२८ २०७२ चैत १४ गते ११:२८
टी-२० विश्वकपः भारत र अष्ट्रेलियाबीचको निर्णायक खेलमा कसको पल्ला भारी ?

India vs Australia१४ चैत । टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलका लागि निर्णायक खेलमा आज विश्व क्रिकेटका दुई महारथी टोलीहरु आयोजक भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह २ अन्तर्गतको यस महाभीडण्त घरेलु टोली भारत र अष्ट्रेलिया दुवैका लागि गर या मरको अवस्थामा छ । जित्ने टिमले अन्तिम चारमा स्थान बनाउनेछ भने हार्ने टिमका लागि यो विश्वकपको यात्रा समाप्त हुन्छ । यस समूहबाट न्यूजिल्याण्डले शतप्रतिशत जित निकाल्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

अष्ट्रेलियाले पाकिस्तानबिरुद्ध ४ विकेट गुमाएर १९३ रन बनाएको थियो । यस्तोमा भारतले जारी विश्वकपमा बंगलादेशबिरुद्ध ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । यो नै भारतले यस विश्वकपमा बनाएर सर्वाधिक यागफल यही हो ।

भारत न्यूजिल्याण्डबिरुद्ध १२७ रनको लक्ष्य पछ्याउँदा १८.१ ओभरमै ७९ रनमा समेटिएको थियो । त्यसपछि उसले पाकिस्तानलाई ६ विकेटले हरायो भने बंगलादेशबिरुद्ध १ रनको रोमाञ्चक जित निकालेको थियो ।

India vs Australia.jpg1जानकारहरुका अनुसार भारतले आफ्नो खेल जुन पीचमा खेलाएको थियो त्यो सबै स्पिनरहरुका लागि फाइदाजनक थियो । यसैलेपनि अहिलेसम्म बलरहरुले नै जारी विश्वकपमा भारतलाई बचाएका छन् ।

मोहालीको पीच कस्तो हुनेछ त्यो भन्न अहिले हतार होला । आजको खेलमा अष्ट्रेलियाले उस्मान ख्वाजासँगै डेभिड वार्नरलाई ओपनिङ जोडीको रुपमा पठाउने संभावना छ । यस विश्वकपमा वार्नर ३ वा ४ नम्बरमा ब्याटिङ गरिरहेका छन् ।

लयमा नदेखिएका कप्तान स्टिभ स्मिथपनि पाकिस्तानबिरुद्धको खेलबाट लयमा देखिएका छन् । उनले त्यस खेलमा ४३ बलमा ६१ रन बनाएका थिए । यस विश्वकपपछि सन्यासको योजना बनाएका अनुभवी ब्याट्सम्यान शेन वाट्सनले भारतबिरुद्धको पछिल्लो टी-२० खेलमा शतक प्रहार गरेका थिए ।

India vs Australia.jpg2वाट्सनले पाकिस्तानबिरुद्ध ४४ तथा ग्लेन म्याक्सवेलले ३० रनको योगदान दिएका थिए । सोही खेलमा बलिङतर्फ जेम्स फल्कनरले २७ रन दिएर ५ विकेट लिएका थिए । यीनै खेलाडीहरु भारतका लागि खतरा हुन सक्छन् । जारी विश्वकपमा अष्टे्रलियाका लेग स्पिनर एडम ज्याम्पाले बंगलादेशबिरुद्ध ३ र पाकिस्तानबिरुद्ध २ वकेट लिएका थिए । यदि मोहालीमा टर्निङ विकेट देखियो भने ज्याम्पका अलावा ग्लेन म्याक्सवेलले अर्को स्पिनरको भुमिकामा देखिन सक्छन् ।

अर्कोतर्फ भारतका विष्फोटक ब्याट्सम्यानहरु रोहित शर्माले अहिलेसम्मको ३ खेलमा ३३, शिखर धवनले ३० र सुरेश रैनाले ३१ रनमात्र बनाउन सकेका छन् । बिराट कोहलीले पाकिस्तानबिरुद्ध दवावका बीच ५५ रनको पारी खेलेका थिए । एक समय भारत ३ विकेट गुमाएर २३ रन बनाएको अवस्थामा कोहलीले पारी संहालेका थिए । युवराज सिंहले पनि ३ खेलमा मात्र ३१ रन बनाएका छन् ।

India vs Australia.jpg3भारत र अष्ट्रेलिया अहिलेसम्म टी-२० क्रिकेटमा १२ पटक आमने सामने भएका छन् । जसमा भारत ८ पटक र अष्ट्रेलिया ४ पटक विजयी भएको छ ।

जारी विश्वकपमा फेरि एकपटक बलरहरु आशिष नेहरा, जस्प्रीत बुम्राह, हार्दिक पाण्ड्या तथा स्पिनरहरु रविचन्द्रन आश्विन र रविन्द्र जडेजाो परीक्षाको समय आएको छ । सबै बलरले अहिलेसम्म किफायती बलिङ गरिरहेका छन् भने समयमा विकेटपनि लिइरहेका छन् ।

-विविसी हिन्दीबाट अनुवादित

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय