+
+

अदालतको भूमिका शान्ति प्रक्रियासम्मत भएनः डा. भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १ गते १८:१४

Baburam bhattrai

१ वैशाख, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले द्वन्द्व पीडितको समस्यालाई ठीक ढंगबाट समाधान नभए अर्को द्वन्द्व सुरु हुने चेतावनी दिएका छन् ।

अदालतको भूमिका शान्ति प्रक्रियासम्मत हुनुपर्नेमा अपेक्षाकृत सकारात्मक नहुँदा यसले झन जटिलता थप्ने काम गरेको उनले बताए ।

नयाँ शक्ति नेपालले बुधबार आयोजना गरेको संक्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा डा. भट्टराईले द्वन्द्वपीडितको समस्या सबैको साझा समस्या भएकाले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।

‘म प्रधानमन्त्री भएको बेला तत्काल राहत दिने निर्णय गरेको थिएँ, तर अन्य राजनीतिक दलहरु, केही गैरसरकारी संस्था र अदालतले समेत उक्त निर्णय कार्यान्वयन गर्न दिएनन्,’ डा. भट्टराईले भने, ‘यसअघि भएका सबै सम्झौताहरु पालना गरिनुपर्दछ । नत्र झन् जटिलता थपिने छ ।’

बेपत्ता तथा द्वन्द्वपीडितको समस्याप्रति राजनीतिक दलहरु उदासीन रहेको आरोपसमेत उनले लगाए । माओवादी पार्टीहरु झन् बढी उदासिन भएको उनले बताए । ‘झन् बढी जिम्मेवार हुनुपर्ने माओवादी धाराहरु विभाजनका कारण झन् बढी उदासीन देखिएका छन्,’ डा. भट्टराइले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?