२ वैशाख, दाङ । तुलसीपुर नगरपालिका वडा नं १ को राम्रीमा लु २ त २५५८ नम्बरको ट्याक्टर बुधबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुईजना युवा रहेका तर उनीहरुको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक प्रकाश शर्माले जानकारी दिए । ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको छ ।
सोही ठाउँमा दुईजनाको शव भेटिएपछि ट्याक्टर चालक र सहचालक हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
गएराति करिब ११ बजे रोल्पाको लिवाङ्बाट तुलसीपुरतर्फ आउँदै गरेको सो ट्याक्टर राम्रीको मोडमा दुर्घटना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4