३ वैशाख, काठमाडौं । दुई गोलले पछि परेको लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै बोरुसिया डर्टमुन्डलाई हराएको छ र युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा लिभरपुलले डर्टमुन्डलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । यससँगै लिभरपुल समग्रमा ५-४ को जितका साथ अन्तिम चारमा पुगेको छ ।
लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा बोरुसिया डर्टमुन्डले पाँचौं मिनेटमा नै अग्रता लिएको थियो । चार मिनेट लगतै दोस्रो गोल गर्दै घरेलु टोलीलाई निराश बनायो ।
तर, दोस्रो हाफमा लिभरपुलले कमब्याकको संकेत दियो । ४८ औं मिनेटमा ओरिगीले गोल गरे । ५७ औं मिनेटमा रियुसले गोल गरेपछि बोरुसिया डर्टमुन्डले ३-१ को अग्रता लियो ।
६६ औं मिनेटमा काउटिन्होले गोल गरे भने ७७ औं मिनेटमा साखोले गोल गर्दै खेललाई बराबरी गरे । खेलको अन्तिम मिनेटमा लाभरेनले हेड गोल गर्दै लिभरपुललाई नाटकीय जित दिलाए ।
प्रतिक्रिया 4