१० वैशाख, काठमाडौं । संयुक्त मधेसी मोर्चासम्मिलत २७ दलीय ‘संघीय गठबन्धन’ ले शुक्रबार अपरान्ह आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
संघीय समाजवादी फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा शुक्रबार अपरान्ह पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।
मोर्चाका नेताहरुले केही दिन यता आन्दोलनको तयारीका लागि राजधानीमा बैठकको आयोजना गरेका थिए ।
यसैक्रममा विहीबार मोर्चाका नेताहरुले नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरुसँग होट र्याडिसनमा छलफल समेत गरेका थिए । कूटनीतिज्ञहरुसँगको छलफलको भोलिपल्ट आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको हो ।
यसअघि मधेसी मोर्चाले सरकारलाई आफ्ना मागहरु सम्वोधन गर्नका लागि चैत मसान्तसम्मको अल्टिमेटम दिएको थियो ।
तोकिएको अल्टिमेटममा सरकारले माग पूरा नगरेको भन्दै मधेसी मोर्चाले केही जनजाति पार्टीहरुलाई समेत समेटेर २७ दलीय मोर्चा बनाई आन्दोलनको घोषणा गर्न लागेको हो ।
मोर्चाले आन्दोलनको तयारी गरिरहँदा सरकारी अधिकारीहरुले भने यो आन्दोलन असफल हुने दाबी गर्दै आइरहेका छन् ।
प्रतिक्रिया 4