+
+

राष्ट्रपतिको पनि पहिलो विदेश भ्रमण भारत, २८ गते महत्वपूर्ण भेटघाट

कुम्भ मेलाबारे दिल्ली र काठमाडौंको फरक भनाइ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १० गते १७:३१

Bidhya-Bhandari

१० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण भारतमा हुने निश्चित भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले शुक्रबार यसको पुष्टि गरेका हुन् ।

दिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वरुपले भने, ‘नेपालका राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा हुनेछ, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणमा उहाँ आउँदै आउदै हुनुहुन्छ ।’

नेपाल र भारतबीच सदिऔं पुरानो सम्वन्ध रहेको चर्चा गर्दै उनले द्वीपक्षीय उच्चस्तरीय भ्रमणहरुले यसलाई अझ उचाइमा पुर्‍याएको उल्लेख गरे ।

भारतले राष्ट्रपति भण्डारीको भ्रमणलाई राजकीय हुने बताएको छ । आउदो २७ वैशाखमा भारत प्रस्थान गर्ने भण्डारी भारतीय राष्ट्रपतिको निवासमा बास गर्नेछिन् । उनको भ्रमण पाँच दिनको हुने छ ।

राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार माधव शर्माले २८ गते भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्वीपक्षीय भेटघाट हुने अनलाइनखबरलाई बताए ।

कुम्भ मेलाबारे दिल्ली र काठमाडौंको फरक भनाइ

भारतीय विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भारतको उजयनमा हुने कुम्भ मेलामा भाग लिने इच्छा नेपालकी राष्ट्रपति भण्डारीले व्यक्त गरेको दाबी गर्दै त्यसको प्रवन्ध मिलाइने पनि बताए ।

यद्यपि, नेपालको राष्ट्रपति कार्यालयले भने त्यसलाई खण्डन गरेको छ । ‘राष्ट्रपति ज्यूले कुम्भ मेलामा भाग लिन खोज्नुभएको भनेर गलत प्रचार गरिएको छ,’ प्रेस सल्लाहकार शर्माले भने, ‘उहाँले यहाँ जान्छु, त्यहाँ जान्छु भन्नुभएको छैन ।’

यद्यपि, द्वीपक्षीय छलफलपछि कुम्भ मेलामा जाने कार्यक्रम तय हुन सक्ने पनि उनले बताए ।

शर्माका अनुसार भ्रमण टोलीको छनोट नभइसके पनि करिब १५-१६ जना रहने निश्चित भएको छ । उनले भने, ‘राष्ट्रपतिज्यू ठूलो टीम लैजाने पक्षमा हुनुहुन्न, डेढ दर्जनभन्दा ठूलो संख्या हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?