+
+

बिहारमा आगलागी, १३ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ११ गते १०:५०

bihar_aago११ वैशाख, काठमाडौं । बिहारको औरंगावाद जिल्लामा आगलागी हुँदा १३ जनाकेा मृत्यु भएको छ ।

आगलागी दाउदनगर प्रखंडस्थित तरार गाँउको हरिनगर टोलमा भएको थियो । दाउदनगरका एक सरकारी अधिकारी अशोक प्रसाले घटनाको पुष्टि गरेको बीबीसीले जनाएको छ ।  उनले मृतको संख्यामा बृद्धि हुनसक्ने जनाएका छन् ।

एक आपसमा जोडिएका तीन घरमा आगलागी भएको थियो । बाहिर निस्कने ढोकाबाट आगो लागेका कारण घर भित्र रहेका मानिस निस्कन पाएका थिएनन् ।

आगलागी शुक्रबार दिउँसो तीन बजे लागेको जनाइएको छ । आगलागीको कारणबारे केही खुल्न सकेको छैन ।

आगलागी भएको घरमा तिलक समहारोहका लागी आएका आफन्त र परिवारजनको जमघट रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?