+

म्यानचेष्टर युनाइटेड एफए कपको फाइनलमा

२०७३ वैशाख  १२ गते ८:३१ २०७३ वैशाख १२ गते ८:३१
म्यानचेष्टर युनाइटेड एफए कपको फाइनलमा

Anthony Martial१२ वैशाख, काठमाडौं । एन्थोनी मार्सलले इन्जुरीटाइममा गोल गरेपछि इर्भटनलाई हराउँदैम्यानचेष्टर युनाइटेड एफए कपको फाइनलमाप्रवेश गरेको छ ।

शनिबार भएको सेमिफाइनलमा युनाइटेडले इभर्टनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

इभर्टनको घरेलु मैदानमा भएको खेलमा म्यानचेष्टर युनाइटेडले ३४ औं मिनेटमा फेलिनीको गोलबाट अग्रता लिएको थियो ।

५७ औं मिनेटमा युनाइटेडका गोलकिपर डेभिड डि जियाले लुकाकुको पेनाल्टी रोके ।  तर, ७५ औं मिनेटमा क्रिस स्मलिङले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो ।

खेल अतिरिक्त समयतिर धकेलिने देखिएको थियो । तर, इन्जुरी टाइमको अन्तिममा एन्थोनी मार्सललेगोल गर्दै म्यानचेष्टर युनाइटेडलाई जित दिलाए ।

यससँगै प्रशिक्षक लुइस भानगालका लागि यो सिजन उपाधिको सम्भावना कायमै रहृयो । एफए कपको अर्को सेमिफाइनलमा आज राति क्रिष्टल प्यालेस र वाटफोर्ड भिड्नेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय