+

तेस्रो मिल्स टी-२० क्रिकेटको उपाधि वाइआरसीसीलाई

२०८१ जेठ  ८ गते २०:५१ २०८१ जेठ ८ गते २०:५१
तेस्रो मिल्स टी-२० क्रिकेटको उपाधि वाइआरसीसीलाई

८ जेठ, विराटनगर । तेस्रो संस्करणको मिल्स कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसीसी क्रिकेट क्लबले जितेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो ।

जितसँगै वाइआरसीसीले १ लाख ५१ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता बनेको होराइजनले ७५ हजार रुपैयाँमा चिक्त बुझायो ।

वाइआरसीसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ २४६ रन बनाएको हो । जितको लागि वाइआरसीसीका देव खनालले आक्रमक ब्याटिङ गर्दै शतक बनाए । उनले ३४ बलमा ११२ रन बनाए । खनालले १२ छक्का र ८ चौका हिर्काए । उनले यसअघि पनि २९ बलमा शतक बनाएका थिए ।

नारायण जोशीले १६ बलमा ४९ रन बनाए । उनले ५ छक्का र ४ चौका हिर्काए । अभिषेक पाठकले १८ बलमा ३३ रन पारी खेल्दा विपिन खत्रीले १४ रन बनाए । वाइआरसीसीका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।

होराइजनका बलर इमरान शेखले ३ विकेट लिए । दिपेश कँडेल, श्रवण किस्कुले समान २–२ विकेट लिए ।

वाइआरसीसीले दिएको २४७ रनको विशाल लक्ष्य पछ्याएको होराइजनले ७.१ ओभरमा सबै विकेट गुमाएर ४६ रन मात्रै बनाए । सुजन थपलियाले १२ रन, दिपेश कँडेलले १० रन बनाए । होराइजनका अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

उपाधि हात पार्न वाइआरसीसीका हेमन्त धामीले आक्रामक बलिङ गरे । उनले एक्लै ३.१ ओभरमा १६ रन खर्चेर ७ विकेट लिए । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । त्यसैगरी बिपिन खत्रीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।

प्रतियोगिताको बेस्ट बलर होराइजन क्रिकेटका श्रवण किस्कु घोषित भए । उनले खेलभरिमा ११ विकेट लिए । बेस्ट ब्याटर वाइआरसीसीका देव खनाल र म्यान अफ द श्रीरिज वाइआरसीसीको अभिषेक पाठक घोषित भए । अभिषेकले खेलभरिमा २१६ रन बनाएका थिए । प्लेयर अफ द म्याच वाइआरसीसीका हेमन्त धामी भए ।

बिजेता हुने टिमलाई कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सिर्जना राई, खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुरारी चौधरीले वितरण गरेका थिए ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी र नेपाल खेलकुल महासंघको आयोजनामा वैशाख २८ गतेबाट सुरु भएको प्रतियोगितामा नेपालको १० र भारतको ६ टिम गरी १६ टिमको सहभागी रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय